यसरी केकेले पाएका थिए पहिलो गीत ‘तडपतडप के इस दिलसे’ « Khabarhub

यसरी केकेले पाएका थिए पहिलो गीत ‘तडपतडप के इस दिलसे’


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलिउडका प्रख्यात गायक कृष्णकुमार कुन्नथ(केके)को निधन भएको छ । कोलकातामा लाइभ कन्सर्ट गाइरहँदा हृदयघातका कारण ५३ वर्षको उमेरमा उनको निधन भएको हो ।

सन् १९६८ अगष्ट २३ मा एक हिन्दु मलयाली माता­पिता सीएस मेनन र कुनाथ कनकवल्लीको घर नयाँदिल्लीमा जन्मिएका उनले पाश्र्वगायनमा आउनुअघि झन्डै ३ हजार ५ सय जिंगल गाएका थिए ।

उनले सन् १९९९ को विश्वकप क्रिकेटको समयमा भारतीय क्रिकेट टिमको समर्थनका लागि ‘जोश अफ इण्डिया’नामको गीत गाएका थिए । म्यूजिक एलबम ‘पल’बाट गायकका रुपमा करियर सुरु गरेका उनले त्यसपछि मात्र बलिउडमा पाइला चाले ।

विज्ञापनमा काम गर्दागर्दै उनलाई‘माचिस’ फिल्मको ‘छोड आए हम वो गलिया’मा काम गर्ने अवसर मिल्यो । गाउन दुई लाईन मात्रै भए पनि विशाल भारद्वाजको फिल्म थियो । त्यसपछि एआर रहमानले फिल्म ‘सपनेमे’ मौका दिए । यद्दपी उनले आफूलाई चिनाउने गीत भने  सन् १९९९ मा ‘हम दिल दे चुके सनम’का लागि ‘तडपतडप के इस दिलसे’ गाए ।

सलमान खान र ऐश्वर्या रायको लभ स्टोरीको चर्चाकै बीच आएको यो गीतले दर्शकको मनमा छुटै स्थान बनायो । ‘सामान्यतया यस्ता गीतका लागि संगीतकारले कुनै राम्रो र सिनियर गायकलाई मात्रै लिन्थे । तर स्माइलले मलाई विश्वास गरे । विश्वास गरेपछि मैले मनले गाए । गीत निकै हिट भयो’ केकेले बीबीसी हिन्दीसँग कुरा गर्दै भनेका छन् । यसपछि बलिउडको प्लेब्याक गायनमा केके सबै संगीतकारको प्राथमिकतामा पर्न थाले ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  १ : २९ बजे

एक हिट खोजिरहेका ‘मुन्द्रे’

काठमाडौं – दीपक-दीपा क्याम्पबाट बाहरिएपछि जितु नेपाल ‘मुन्द्रे’ तङ्ग्रिन सकेका

खेलको दोस्रो मिनेटमै टर्कीविरुद्ध पराग्वेको पहिलो गोल

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा

फिफा विश्वकप २०२६ : ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित

काठमाडौँ– पाँच पटकको उपाधि विजेता ब्राजिलले फिफा विश्वकप फुटबल २०२६

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध