वित्तीय प्रणाली देशको अर्थतन्त्र ध्वस्त पार्नेखालको छ : हृदयेश त्रिपाठी « Khabarhub

वित्तीय प्रणाली देशको अर्थतन्त्र ध्वस्त पार्नेखालको छ : हृदयेश त्रिपाठी


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सांसद हृदयेश त्रिपाठीले वित्तीय प्रणाली देशको अर्थतन्त्र ध्वस्त पार्नेखालको रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा  आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले भने, ‘अहिले जुन वित्तीय अनुशासन वा वित्तीय प्रणाली अपनाइरहेका छौँ, त्यो दूरगामी ढंगले नेपाली अर्थतन्त्रलाई ध्वस्त पार्ने एउटा अवस्था सृजना गराइसकेको छ । यसकारण रेकर्ड गराउन चाहन्छु कि एक वर्षपछि यहाँका अर्थशास्त्री र सरकारी संयन्त्र सुधार्ने लाग्नुपर्छ ।’

राजश्व संकलनको स्रोत सुनिश्चित नभएको भन्दै उनले देशको कर प्रणाली आयातमुखी  रहेको र यसलाई घटाउँदा राजश्व घट्ने हुँदा वैकल्पिक बाटो नलिएको बताए ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  २ : ११ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।