भानुभक्त ढकालको कटाक्ष : सम्झनेवित्तिकै चन्द्रलोक जान सक्ने राजमार्ग बनाउँ | Khabarhub Khabarhub

भानुभक्त ढकालको कटाक्ष : सम्झनेवित्तिकै चन्द्रलोक जान सक्ने राजमार्ग बनाउँ


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एमालेका नेता भानुभक्त ढकालले सरकारले ल्याएको बजेट कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले चुनावमा जनता प्रभावित पार्ने गरी बजेट ल्याएको र यसको कार्यान्वयन हुन नसक्ने बताए ।

एक घण्टामा चितवन पुगिने र दुई घण्टामा चतराबाट सगरमाथाको चुचुरोमा पुगिने कार्यक्रम ल्याएको भन्दै उनले भने, ‘सरकारलाई राम्रो सुझाव दिन चाहान्छु, निजी क्षेत्रबाट गर्नेभन्दा लोकतन्त्रमा व्यक्ति स्वतन्त्र छन् ।

यस्तो राजमार्गको परिकल्पना गरौँ, कल्पना गर्नेवित्तिकै चन्द्रलोकमा जाने सक्ने, मंगलग्रहमा पनि जान सकिने, आफैँ बाटो बनाउँ भन्यो भने सायद अल्मल्याउन धेरै कुरा भनिरहनै पर्दैन ।’ यो सरकारको आयु पाँच महिना २२ दिन रहेको भन्दै उनले बजेट जनता देशको समस्या समाधान गर्नभन्दा पनि आगामी मंसिरमा गरिनुपर्ने चुनावमा जनता आकर्षित गर्ने खालको रहेको बताए ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  २ : ४५ बजे

विदेशी मिडियाको प्राथमिकतामा नेपालको प्रदर्शन

काठमाडौं- नेपालमा भइरहेको जेनजीको प्रदर्शनलाई विदेशी सञ्चार माध्यमले पनि प्राथमिकता

काठमाडौंको जेन-जी आन्दोलन भारतीय टेलिभिजनमा प्रत्यक्ष प्रसारण

काठमाडौं– काठमाडौंमा भइरहेको जेन-जी पुस्ताको आन्दोलन भारतका मुख्य टेलिभिजनहरूले प्रत्यक्ष

बानेश्वरमा सेना परिचालन

काठमाडौं- नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन गरिएको छ । जेनजी

कान्तिपुर टीभीका पत्रकार श्रेष्ठलाई रबरको गोली लाग्यो

काठमाडौँ – जेन-जीहरूले नयाँबानेश्वर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा कान्तिपुर टेलिभिजनका पत्रकार

देशका मुख्य सहरमा जेन-जीको प्रदर्शन 

काठमाडौं– जेन-जी पुस्ताका युवाहरूले सोमबार देशका मुख्य सहरमा प्रदर्शन गरिरहेका