खत्रीको हत्यामा संलग्न दुई पक्राउ « Khabarhub

खत्रीको हत्यामा संलग्न दुई पक्राउ


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीले उदयपुर तामिल्छा नगरपालिका –८ घर भई चन्द्रागिरि नगरपालिका–१० बोसीगाउँ बस्ने उदयपुरका २९ वर्षीय अरुण खत्रीको हत्यामा संलग्न दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले खत्रीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा कीर्तिपुर नगरपालिका–३ बाघभैरव बस्ने २६ वर्षीय अजय नापित र २२ वर्षीय सन्तोष महर्जनलाई मंगलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । कीर्तिपुर नगरपालिका–३ ढाल्पास्थित सडकमा कुटपिट गर्दा गम्भीर घाइते भएका खत्रीको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीले मृतक खत्रीको झोलाबाट नियन्त्रित लागूऔषध डाइजेपाम ३१ एम्पुल, फेनार्गन ६४ एम्पुल र नुर्फिन ७२ एम्पुल बरामद गरेको गरेको छ । घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ३ : ०२ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।