अहंकार देखाएमा कांग्रेसलाई पनि एमालेजस्तै ठेगान लगाइदिने प्रचण्डको चेतावनी (भिडियो) « Khabarhub

अहंकार देखाएमा कांग्रेसलाई पनि एमालेजस्तै ठेगान लगाइदिने प्रचण्डको चेतावनी (भिडियो)


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको चुनावमा जितका आधारमा कांग्रेसले अहंकार देखाउन थाल्यो भने एमालेको जस्तै हालत बनाइदिने चेतावनी दिएका छन् । पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई बुधबार काठमाडौंमा प्रशिक्षण दिने क्रममा दाहालले कांग्रेस अहंकारी होला कि भन्ने चिन्ता बढेको समेत  बताए  ।

‘कांग्रेसलाई माओवादीले बडो मिहिनेत गरेर प्रधानमन्त्री बनायो तर एमालेको जस्तो अहंकार गर्‍यो भने हामीले कांग्रेसलाई एमालेलाई जस्तै ठेगान लगाउन नपरोस्’ दाहालले भने । ‘हामीले आफ्नो पार्टी भन्दा धेरै ठाँउमा गठबन्धनमा भरोसा गर्‍यौैं त्यो गर्दा हामीले धेरै ठाँउमा गुमायौ’ अध्यक्ष दाहालले भने, ‘अब हामीले प्रदेश र संघको चुनावमा शिक्षा लिएर अघि बढ्नु पर्छ’ ।

उनले माओवादीले कहिले कसको कहिले कसको दम्भ बढाइदिन्छ भन्ने आरोप लाग्ने गरेको उल्लेख गरे ।

‘कहिले एमालेको दम्भ बढाइदिन्छ, कहिले कांग्रेसको दम्भ बढाइदिन्छ भन्ने आरोप छु दाहालले भने, ‘त्यस्तो गरेको जस्तो पनि देखिन्छ तर जसले दम्भ देखायो अह‌ंकार त्यसविरुद्ध माओवादीले विद्रोह गर्दै आएको छ’ ।

उनले गठबन्धनको विषयलाई लिएर कांग्रेसले दम्भ र अह‌ंकार देखाउने अवस्था आए त्यसविरुद्ध विद्रोह गर्ने उनले बताएका छन् ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ३ : २६ बजे

ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई

अरुण गोविलले चुरोट तानेको देखेपछि दर्शकको प्रश्न– हामी देवता मान्ने, तिमी चुरोट खाने ?

भारतीय टेलिभिजन इतिहासमा केही यस्ता क्षण छन्, जसले केवल मनोरञ्जन

दशौँ भक्तपुर औद्योगिक महोत्सवको तयारी तीव्र

काठमाडौँ– नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर आयोजना

फेवाताल किनारका अस्थायी संरचना भत्काइयो, पर्यटन व्यवसायी शाक्यको ‘वाटर फ्रन्ट’मा पनि डोजर

पोखरा– पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत रहेका अस्थायी संरचनामा डोजर

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौँ– कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । जिल्ला