शिक्षकले राजीनामा दिएर चुनाव लडे, हारेपछि निवेदनकै भरमा फेरि नियुक्ति « Khabarhub

शिक्षकले राजीनामा दिएर चुनाव लडे, हारेपछि निवेदनकै भरमा फेरि नियुक्ति


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु- निर्वाचनमा पराजय भोगेका कपिलवस्तुका एक शिक्षकलाई प्रक्रिया मिचेर पुनर्नियुक्ति दिइएको छ । क

पिलवस्तुको कृष्णनगर नगरपालिका ९ राम गोरखा माध्यमिक विद्यालयमा अध्यापन गराउने अजित कुमार सिंहलाई व्यवस्थापन समितिले सोझै नियुक्त गरेको छ । कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाह अध्यक्ष रहेको व्यवस्थापन समितिले निवेदनको भरमा शिक्षक नियुक्त गरेको छ ।

स्थानीय तहको निर्वाचनमा महाराजगन्ज नगरपालिका वडा नम्बर ६ मा जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवारी दिनका लागि सिंहले राजीनामा पेस गरेका थिए । उनले वैशाख ८ राजीनामा बुझाए पछि अर्को दिन स्वीकृत गरिएको जनाउँदै पत्र काटिएको थियो । राजीनामा दिएको प्रमाण पत्र दिए पछि उनले उम्मेदवारी दिएका थिए । सिंहले ४ सय ९४ मत प्राप्त गरी तेस्रो भएका थिए ।

व्यवस्थापन समितिका अध्यक्ष तथा नगरप्रमुख शाहसँग मौखिक आदेशमा राजीनामा स्वीकृत गरेको पत्र बनाइएको विद्यालयका प्रअ प्रदीप कुमार सिंहले बताए । शिक्षक र विद्यालयका प्रअ दाजुभाइ हुन् । सिंह दाजुभाइ र मेयर शाह बीच काका भतिजाको सम्बन्ध समेत रहेको छ ।

सिंहले सी।टी।इ।भि।टी। १८ महिने कोर्स अन्तर्गत वाली विज्ञान विषय अध्यापन गराउन सहायक प्रशिक्षक पदमा ३ वर्ष अगाडि नियुक्त भएका थिए । राजीनामा स्वीकृत भएपछि पदपूर्तिको लागि सूचना प्रकाशन नगरी ठाडो नियुक्ति गरिएको थियो ।

निर्वाचनमा पराजित भए पछि उनले विद्यालयमा सोही पदमा नियुक्तिका लागि निवेदन पेस गरेका थिए । निवेदनको आधारमा विद्यालय व्यवस्थापन समितिको जेठ १५ गते बसेको बैठकले पुरानो सेवा सुविधा दिने गरी नियुक्त गर्ने निर्णय गरेका थियो । तर प्रचलित कानुन अनुसार रिक्त पदमा दरखास्त आह्वान गरे पछि मात्र नियुक्त गर्ने नियम रहेको छ ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ६ : ३२ बजे

पचास प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन

काठमाडौँ– काठमाडौँ महानगरपालिका (कामपा) भित्र करिब एक हजार ९०० सहकारी

पीडादेखि समाज परिवर्तनको अभियानसम्म, ‘बिर्सिएका नानीहरू’

हेटौँडा– जन्मिँदा त कृष्णजस्तै सुन्दर बाबु भनेर सबैले काखमा बोके,

फेवाताल छेउछाउका संरचना भत्काइएपछि स्थानीयको विरोध (तस्बिरहरू)

पोखरा– पोखरा महानगरपालिकाले फेवाताल छेउछाउमा बनाइएका संरचनामा डोजर चलाएपछि स्थानीयवासीले

त्रिभुवन विमानस्थल क्षेत्रबाट यात्रुलाई दुःख दिने १८ जना पक्राउ

काठमाडौँ– प्रहरीले त्रिभुवन विमानस्थल क्षेत्रबाट १८ जनालाई पक्राउ गरेको छ

नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौँको कारोबार

काठमाडौँ– मानिसको जीवनको यात्राले कहिलेकाहीँ यस्तो मोड ल्याउँछ, जहाँ बाटो