शिक्षकले राजीनामा दिएर चुनाव लडे, हारेपछि निवेदनकै भरमा फेरि नियुक्ति « Khabarhub

शिक्षकले राजीनामा दिएर चुनाव लडे, हारेपछि निवेदनकै भरमा फेरि नियुक्ति


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु- निर्वाचनमा पराजय भोगेका कपिलवस्तुका एक शिक्षकलाई प्रक्रिया मिचेर पुनर्नियुक्ति दिइएको छ । क

पिलवस्तुको कृष्णनगर नगरपालिका ९ राम गोरखा माध्यमिक विद्यालयमा अध्यापन गराउने अजित कुमार सिंहलाई व्यवस्थापन समितिले सोझै नियुक्त गरेको छ । कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाह अध्यक्ष रहेको व्यवस्थापन समितिले निवेदनको भरमा शिक्षक नियुक्त गरेको छ ।

स्थानीय तहको निर्वाचनमा महाराजगन्ज नगरपालिका वडा नम्बर ६ मा जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवारी दिनका लागि सिंहले राजीनामा पेस गरेका थिए । उनले वैशाख ८ राजीनामा बुझाए पछि अर्को दिन स्वीकृत गरिएको जनाउँदै पत्र काटिएको थियो । राजीनामा दिएको प्रमाण पत्र दिए पछि उनले उम्मेदवारी दिएका थिए । सिंहले ४ सय ९४ मत प्राप्त गरी तेस्रो भएका थिए ।

व्यवस्थापन समितिका अध्यक्ष तथा नगरप्रमुख शाहसँग मौखिक आदेशमा राजीनामा स्वीकृत गरेको पत्र बनाइएको विद्यालयका प्रअ प्रदीप कुमार सिंहले बताए । शिक्षक र विद्यालयका प्रअ दाजुभाइ हुन् । सिंह दाजुभाइ र मेयर शाह बीच काका भतिजाको सम्बन्ध समेत रहेको छ ।

सिंहले सी।टी।इ।भि।टी। १८ महिने कोर्स अन्तर्गत वाली विज्ञान विषय अध्यापन गराउन सहायक प्रशिक्षक पदमा ३ वर्ष अगाडि नियुक्त भएका थिए । राजीनामा स्वीकृत भएपछि पदपूर्तिको लागि सूचना प्रकाशन नगरी ठाडो नियुक्ति गरिएको थियो ।

निर्वाचनमा पराजित भए पछि उनले विद्यालयमा सोही पदमा नियुक्तिका लागि निवेदन पेस गरेका थिए । निवेदनको आधारमा विद्यालय व्यवस्थापन समितिको जेठ १५ गते बसेको बैठकले पुरानो सेवा सुविधा दिने गरी नियुक्त गर्ने निर्णय गरेका थियो । तर प्रचलित कानुन अनुसार रिक्त पदमा दरखास्त आह्वान गरे पछि मात्र नियुक्त गर्ने नियम रहेको छ ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ६ : ३२ बजे

शेखरकहाँ टिकट माग्‍नेको भिड, अहिलेसम्म भएको छैन गगनसँग संवाद

काठमाडौं- मंगलबार मनोयन गर्नुपर्ने समय आइसक्दा पनि नेपाली कांग्रेसभित्रको अन्योल

असहमति भए पनि पार्टी निर्वाचनमा पूर्ण रूपमा सहभागी भइसक्यो : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन प्रणालीका बारेमा

हङकङमा नरजित राईको ‘विभक्त आकाश’ लोकार्पण

हङकङ – हङकङेली नेपाली साहित्यकार नरजित राईको सातौँ साहित्यिक कृति

विकास देखिने गरी हुनुपर्छ : मन्त्री भण्डारी

अत्तरिया– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले विकास देखिने

महानगरमा बालेनका चार वर्ष : दलीय जनप्रतिनिधि समेत निर्दलीय मेयरका फ्यान !

काठमाडौं– ०७९ वैशाखमा भएको स्थानीय निर्वाचनबाट काठमाडौं महानगरको प्रमुखमा निर्वाचित