काठमाडौँ- शहीद स्मारक सी डिभिजन लिगमा खालीबारी युथ क्लबले चौथो जित निकालेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार दिउँसो भएको खेलमा खालीबारीले मनोहरा युनाइटेड क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।
खालीबारीको जितमा विशाल महर्जन र सन्दीप गुरुङले १–१ गोल गरे भने मनोहराको लागि प्रिज्वल खड्काले १ गोल फर्काए । खेलको पहिलो मिनेटमा विशाल महर्जनले गोल गर्दै खालीबारीलाई अग्रता दिलाए ।
खेलको २३ औँ मिनेटमा मनोहराका लागि प्रिज्वल खड्काले १ गोल फर्काए । खालीबारीका लागि खेलको ६३ औँ मिनेटमा सन्दीप गुरुङले दोस्रो गोल गरे । खालीबारीका सुबास पाख्रिन लार्मा म्यान अफ द म्याच’ घोषित भए
प्रतिक्रिया