पाकिस्तानमा गहुँको उत्पादन अपेक्षा भन्दा कम, मूल्य आकासियो « Khabarhub

पाकिस्तानमा गहुँको उत्पादन अपेक्षा भन्दा कम, मूल्य आकासियो


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आर्थिक एवम् राजनीतिक संकटमा परेको पाकिस्तानमा गहुँको मूल्य आकासिएको छ ।

कोरोना भाइरसको महामारीका कारण उत्पन्न आपूर्ति चक्रमको समस्या र पूर्वी युरोपमा रुसले युक्रेनमाथि आक्रमण गरेसँगै पाकिस्तानमा गहुँको मूल्य बढेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यसबाहेक पाकिस्तानमा यो वर्ष अपेक्षाभन्दा कम मात्र गहुँ उत्पादन हुने देखिएको जनाइएको छ । एएनआईका अनुसार पाकिस्तानले यो वर्ष २ करोड ८९ लाख मेट्रिक टन गहुँ उत्पादन गर्ने लक्ष्य लिएको छ ।

यद्यपि यथार्थमा भने पाकिस्तानले केबल २ करोड ६९ लाख मेट्रिक टन गहुँमात्र उत्पादन गर्ने अपेक्षा गरिएको एएनआईले जनाएको छ ।

मध्य मार्च महिनामा दक्षिण एसियामा देखा परेको तापलहर, मलको अव्यवस्था र सिँचाईका लागि पानीको अभावका कारण गहुँ उत्पादन घटेको बताइएको छ ।

यसबाहेक पाकिस्तान सरकारले कृषि क्षेत्रलाई उपलब्ध गराउँदै आएको अनुदानमा कटौती गरेका कारण पनि पाकिस्तानमा गहुँ उत्पादनमा प्रभाव परेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ७ : ०८ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको