१० औं नेपाल अफ्रिका फिल्म फेस्टिभलमा कुइनेटो र ऐना उत्कृष्ट | Khabarhub Khabarhub

१० औं नेपाल अफ्रिका फिल्म फेस्टिभलमा कुइनेटो र ऐना उत्कृष्ट


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १० औँ नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२२ मा अन्तराष्ट्रिय विधा तर्फ करिम ताजो आउट निर्देशित मोरक्कोको फिल्म ‘घोस्ट अफ स्पेसटाइम’ ले उत्कृष्ट लघु फिल्मको अवार्ड र सेकोउ त्राओरी निर्देशित बुर्किना फोसोको फिल्म  ‘आई अफ द स्ट्रोम’ले उत्कृष्ट फिल्मको अवार्ड जितेको छ । सो अवार्ड प्रदान गर्दै तीन दिने महोत्सव सकिएको छ । यस्तै राष्ट्रिय तर्फ कृषा चौलागाइँको फिल्म ‘ऐना’ ले उत्कृष्ट लघु फिल्म र माधवराज खरेलको फिल्म ‘कुइनेटो’ ले उत्कृष्ट फिल्मको अवार्ड जितेको छ । कुईनेटोबाटै अभिनेता श्रीदेव भट्टराईले जुरी तर्फको अवार्ड र जीवन पराजुलीले उत्कृष्ट छायाँकारको अवार्ड हासिल गरेका छन् । महोत्सवमा लघु फिल्म ऐनाबाट कृषाले क्रिटिक्स तर्फको उत्कृष्ट निर्देशक अवार्ड र ऐनाबाटै भुपेन्द्र अधिकारीले उत्कृष्ट सम्पादकको अवार्ड जितेका छन् ।

महोत्सवमा उत्कृष्ट निर्देशकको अवार्ड फिल्म राईजबाट ऋषिराज आचार्यले हासिल गरे । राईज फिल्मबाटै गजित बिष्टले उत्कृष्ट अभिनेताको अवार्ड, सरिता भारतीले उत्कृष्ट अभिनेत्रीको अवार्ड, तुलसी प्रसाद श्रेष्ठले उत्कृष्ट खलनायकको अवार्ड, रिना अवालेले उत्कृष्ट हेयर स्टाइलको अवार्ड हासिल गरे । यस्तै उत्कृष्ट स्क्रिप्ट राईटिङको अवार्ड पुरुषोत्तम बस्नेतले फिल्म गरिमाबाट, उत्कृष्ट सह अभिनेताको अवार्ड के.डी प्रसितले फिल्म ‘थर्ड आई’ बाट हासिल गरे । फिल्म ‘द ब्लाक कर्नर’ बाट निर्देशक लक्षु गौतमले उत्कृष्ट निर्देशन तर्फको जुरी अवार्ड, फिल्म शंका’ बाट सुमन दाहालले उत्कृष्ट ‘सोसियल म्यासेज फिल्म’ को अवार्ड प्राप्त गरे ।

यसैगरी कार्यक्रममा फिल्म द डटरबाट राजेन्द्र बजगाईँले उत्कृष्ट ब्याक ग्राउन्ड म्युजिक निर्देशनको अवार्ड, द डटरबाटै रेनिश फागोले उत्कृष्ट कलर करेक्सनको अवार्ड जिते । द डटर फिल्मबाटै इनु थापाले उत्कृष्ट कस्ट्युम डिजाईनको अवार्ड प्राप्त गरिन् । महोत्सवमा स्टुडेन्ट फिल्मको प्रतिस्पर्धामा सनोल दासको फिल्म ‘झोल’ उत्कृष्ट भएको छ । आइतबारबाट काठमाडौंको नाचघरमा सुरु भएको तीन दिवसीय नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२२ मंगलबार बेलुका अवार्ड प्रदान गर्दै सकिएको छ । अग्रज अभिनेता सुनिल थापा, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राई, अग्रज अभिनेता सुनिल थापा, डिस्ट्रिक ३२५ बि वान एलकी जोन चियरपर्सन लायन एवम् अग्रज ब्युटिसियन सोनी कारँजित, चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष शान्तिप्रिय लगायतले बिजेताहरूलाई अवार्ड प्रदान गरे ।

यो एक दशकमा नेपालमा यो महोत्सवले अफ्रिका र अफ्रिकी फिल्मसँगै नेपाली फिल्मलाई पनि दर्शकमाझ पुर्‍याउने काम गरेको यी वक्ताहरूले कार्यक्रममा बताए । महोत्सवको निर्णायकहरूमा अग्रज संगीतकार जुगल डंगोल, अभिनेताहरू प्रेम पाण्डे, प्रवन भुसाल, सागर घिसिङ, नेपाल म्युजिक भिडियो निर्देशक समाजका अध्यक्ष विधान कार्की, कोरियोग्राफर तथा भिडियो निर्देशक अजय स्याङ्तान र चलचित्र पत्रकार कुवेर गिरी थिए ।

कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसन प्रा.लिद्धारा आयोजित यो महोत्सवमा विभिन्न अफ्रिकी तथा अन्य गरी १४ मुलुकका १४ फिल्म र नेपालका १२ फिल्म गरी २६ फिल्म अन्तिम प्रतिस्पर्धामा सहभागी थिए । यी सबै फिल्मको महोत्सवमा प्रदर्शन गरियो । महोत्सव निर्देशक डब्बु क्षत्रीले नेपाल र अफ्रिका बीचको फिल्म संस्कृति आदन प्रदानको लागि बिगत एक दशकदेखि आफूहरूले नेपाल अफ्रिका फिल्म फेस्टिभल आयोजना गर्दै आएको बताए ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ७ : १७ बजे

विपिनको आत्मालाई शान्ति मिलोस् : इजरायली पूर्व राजदूत हानान

काठमाडौं– नेपालका लागि इजरायली पूर्व राजदूत हानान गोदारले हमासको अपहरणमा

सर्वोच्चमा आजदेखि रिट निवेदन दर्ता पुनः सुरु हुने

काठमाडौं– गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनीबाट सर्वोच्च

अर्थमन्त्री खनालबाट अमेरिकी चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन

वाशिङटन डिसी– विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा

मेची राजमार्गको वैकल्पिक मार्ग अझै सञ्चालनमा आएन

इलाम– मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक अवरुद्ध भएपछि

विल्सनले ‘सोल्टिनी’लाई हेपेर ‘मैझारो’ जुधाउन ल्याएका हुन् ?

काठमाडौं – कात्तिक ६ गते भाइटीकाकाे दिन पारेर फिल्म ‘सोल्टिनी’