जहाज दुर्घटना : मृतकको शव परीक्षण गरिँदै « Khabarhub

जहाज दुर्घटना : मृतकको शव परीक्षण गरिँदै


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिकूल मौसमका कारण आइतबार मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटनामा परेको तारा एयरको जहाजमा मृत्यु भएकाको शव परीक्षण गर्न सुरु गरिएको छ । मृतक २२ जनाकै शवको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शव परीक्षण गर्ने कार्य भइरहेको अस्पतालले जनाएको छ । तारा एयरको ९ एनएइटी कलसाइन भएको उक्त ट्विनअटर विमान दुर्घटनामा परेर ज्यान गुमाएका २२ जनाको शव परीक्षण गरिँदैछ । 

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शव परीक्षण भइरहेको छ । अस्पतालका अनुसार अहिलेसम्म १० वटा शव परीक्षण गरिसकिएको छ । शव परीक्षण सकिएपछि एकैपटक मृतकका आफन्तलाई शव हस्तान्तरण गरिने अस्पताल व्यवस्थापनले जनाएको छ । 

आइतबार पोखराबाट उडेको उक्त ट्विनअटर विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेस्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । उक्त जहाज दुर्घटनामा परी चालक दलका तीन सदस्य, १३ नेपाली नागरिक, चार भारतीय नागरिक तथा दुई जना जर्मन नागरिकको ज्यान गएको थियो । 

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ७ : २० बजे

पचास प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन

काठमाडौँ– काठमाडौँ महानगरपालिका (कामपा) भित्र करिब एक हजार ९०० सहकारी

पीडादेखि समाज परिवर्तनको अभियानसम्म, ‘बिर्सिएका नानीहरू’

हेटौँडा– जन्मिँदा त कृष्णजस्तै सुन्दर बाबु भनेर सबैले काखमा बोके,

फेवाताल छेउछाउका संरचना भत्काइएपछि स्थानीयको विरोध (तस्बिरहरू)

पोखरा– पोखरा महानगरपालिकाले फेवाताल छेउछाउमा बनाइएका संरचनामा डोजर चलाएपछि स्थानीयवासीले

त्रिभुवन विमानस्थल क्षेत्रबाट यात्रुलाई दुःख दिने १८ जना पक्राउ

काठमाडौँ– प्रहरीले त्रिभुवन विमानस्थल क्षेत्रबाट १८ जनालाई पक्राउ गरेको छ

नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौँको कारोबार

काठमाडौँ– मानिसको जीवनको यात्राले कहिलेकाहीँ यस्तो मोड ल्याउँछ, जहाँ बाटो