तालिबानले अफगानिस्तानमा तत्काल लागूऔषधमाथि प्रतिबन्ध नलगाउने संकेत « Khabarhub

तालिबानले अफगानिस्तानमा तत्काल लागूऔषधमाथि प्रतिबन्ध नलगाउने संकेत


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले बेलाबेला मुलुकमा लागूऔषधको उत्पादनमा प्रतिबन्ध लगाएको घोषणा गरेजस्तो गर्दै आएको छ ।

यद्यपि अफगानिस्तानमा उत्पादन हुने अफिमलगायतका लागूऔषधबाट तालिबानले आर्थिक लाभ लिँदै आएका कारण अफगानिस्तानमा लागूऔषधको उत्पादन बन्द हुन समस्या परेको विवरण सार्वजनिक भएको छ ।

क्यानाडामा रहेको ‘इन्टरनेशनल फोरम फर राइट्स एण्ड सेक्युरिटी’ नामक संस्थाले सार्वजनिक गरेको रिपोर्टमा तालिबानले लागूऔषधका माध्यमबाट पैसा कमाइरहेको उल्लेख छ ।

संस्थाको अध्ययन अनुसार तालिबानले लागूऔषधका माध्यमबाट हरेक वर्ष अनुमानित ४२ करोड अमेरिकी डलर प्राप्त गर्ने गरेको छ ।

अफगानिस्तान विश्वकै सबैभन्दा ठूलो अफिम उत्पादक मुलुक हो । अफगानिस्तानमा अफिमबाट १ लाख २० हजार जनालाई रोजगारी मिलेको रिपोर्टमा उल्लेख छ ।

त्यस्तै, ‘युरोपियन मनिटरिङ सेन्टर फर ड्रग्स एण्ड एडिक्सन’ नामक अर्को संस्थाको अध्ययनअनुसार अफगानिस्तानमा सिन्थेटिक लागूऔषधको क्षेत्रबाट ज्यालाका रुपमा अफगानहरुले वार्षिक ४ करोड ६८ लाख युरो कमाउँदै आएका छन् ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ७ : २४ बजे

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले