सातसय असहाय अफगानीलाई खाद्यान्न सहयोग « Khabarhub

सातसय असहाय अफगानीलाई खाद्यान्न सहयोग


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– चरम खाद्यान्न अभाव झेलिरहेका अफगानिस्तानका सातसय परिवारले खाद्यान्न सहयोग प्राप्त गरेका छन् ।

प्रत्येक परिवारलाई ५० केजी गहुँ र त्यति नै परिमाणको चामल वितरण गरिएको विपद् व्यवस्थापन तथा मानवीय मामिला मन्त्रालयका अधिकृत मौलवी जान मोहम्मद सायकले बताए ।

असहाय परिवार, बाढी प्रभावित र विस्थापितलाई खाद्यान्न वितरण गरिएको उनले जनाए । अफगानिस्तानलाई कठिन अवस्थामा सहयोग गर्ने चीन, काजाकिस्तानलगायत दातृराष्ट्र एवं निकायप्रति उनले आभार व्यक्त गरे । छिमेकी चीन र काजाकिस्तानबाट प्राप्त खाद्यान्न वितरण गरिएको हो ।

आफ्नो चार सदस्यीय परिवारको भरणपोषण गर्दै आएका निक मोहम्मदले गहुँ र चामल पाएकामा खुशी व्यक्त गर्दै दाताहरूप्रति कृतज्ञता व्यक्त गरे ।

उनले स्थानीय बजारमा आधारभूत आवश्यकता पूरा गर्ने सामग्रीको भाउ बुझ्न पत्रकारहरूलाई आग्रह पनि गरे । देशको कमजोर अर्थतन्त्रले आफ्नो जीवन तहसनहस बनाएकामा उनले दुःख व्यक्त गरे ।

तीन करोड ५० लाख जनसङ्ख्या भएको अफगानिस्तानमा दुई करोड २० लाखभन्दा बढीले कठोर खाद्य अभावको सामना गरिरहेका छन् । सहायता एजेन्सीहरूका अनुसार युद्धबाट तहसनहस भएको अफगानीस्तानमा मानवीय सहायता नगरे विपत्तिमा पर्नेछ ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ११ : ५७ बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले