सातसय असहाय अफगानीलाई खाद्यान्न सहयोग | Khabarhub Khabarhub

सातसय असहाय अफगानीलाई खाद्यान्न सहयोग


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– चरम खाद्यान्न अभाव झेलिरहेका अफगानिस्तानका सातसय परिवारले खाद्यान्न सहयोग प्राप्त गरेका छन् ।

प्रत्येक परिवारलाई ५० केजी गहुँ र त्यति नै परिमाणको चामल वितरण गरिएको विपद् व्यवस्थापन तथा मानवीय मामिला मन्त्रालयका अधिकृत मौलवी जान मोहम्मद सायकले बताए ।

असहाय परिवार, बाढी प्रभावित र विस्थापितलाई खाद्यान्न वितरण गरिएको उनले जनाए । अफगानिस्तानलाई कठिन अवस्थामा सहयोग गर्ने चीन, काजाकिस्तानलगायत दातृराष्ट्र एवं निकायप्रति उनले आभार व्यक्त गरे । छिमेकी चीन र काजाकिस्तानबाट प्राप्त खाद्यान्न वितरण गरिएको हो ।

आफ्नो चार सदस्यीय परिवारको भरणपोषण गर्दै आएका निक मोहम्मदले गहुँ र चामल पाएकामा खुशी व्यक्त गर्दै दाताहरूप्रति कृतज्ञता व्यक्त गरे ।

उनले स्थानीय बजारमा आधारभूत आवश्यकता पूरा गर्ने सामग्रीको भाउ बुझ्न पत्रकारहरूलाई आग्रह पनि गरे । देशको कमजोर अर्थतन्त्रले आफ्नो जीवन तहसनहस बनाएकामा उनले दुःख व्यक्त गरे ।

तीन करोड ५० लाख जनसङ्ख्या भएको अफगानिस्तानमा दुई करोड २० लाखभन्दा बढीले कठोर खाद्य अभावको सामना गरिरहेका छन् । सहायता एजेन्सीहरूका अनुसार युद्धबाट तहसनहस भएको अफगानीस्तानमा मानवीय सहायता नगरे विपत्तिमा पर्नेछ ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ११ : ५७ बजे

भारतको लोकसभा चुनाव : तेस्रो चरणमा ६५ प्रतिशत मतदान

नयाँ दिल्ली – भारतमा तेस्रो चरणमा ६५ दशमलव ६८ प्रतिशत

बिर्तामोड नगरपालिका विकास निर्माणमा केन्द्रित

झापा– झापाको बिर्तामोड नगरपालिकाले नगरको विकास निर्माणमा आफूलाई केन्द्रित गरेको

गायक रवि ओडले गरे आत्मसमर्पण

काठमाडौं– वैवाहिक बलात्कारको आरोप लागेका गायक रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण

साउदी प्रो लिग : अल हिलाललाई उपाधि

काठमाडौं– साउदी प्रो लिगको उपाधि अल हिलालले जितेको छ ।

स्पेनिस ला लिगा : रियल मड्रिडको फराकिलो जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा उपाधि पक्का गरिसकेको रियल मड्रिडले