‘सर्वोच्चमा धेरै समस्या छन्, सुधारको प्रतिफल आउँदैछ’ « Khabarhub

‘सर्वोच्चमा धेरै समस्या छन्, सुधारको प्रतिफल आउँदैछ’


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली : सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिका जनआस्थामा आधारित संस्था भएको बताएका छन् ।

जुम्लामा आयोजित उच्च अदालत सुर्खेत जुम्ला इजलास र जिल्ला अदालत जुम्लाको नवनिर्मित भवनको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कायममुकायम प्रधानन्यायाधीश कार्कीले मुद्दा दर्तादेखि फैसला हुँदासम्म पूरा गरिने न्याय सम्पादनबाट सेवाग्राहीलाई मिल्ने सन्तुष्टिले न्यायपालिकाप्रतिको आस्था बढ्ने बताए । सुदृढ न्यायपालिका बनाउन वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन भएको उनले जनाए ।

“सर्वोच्च अदालतमा धेरै समस्या छन् । हामी सुधारको प्रक्रियामा छौँ र चाँडै त्यसको प्रतिफल आउँदैछ”, कामु प्रधानन्यायाधीश कार्कीले भने, “अब हामी छिटो छरितो र निष्पक्ष ढङ्गबाट काम होस् भनेर गोलाप्रथा वा मेसिनबाट पनि न्यायसम्पादनका कार्य गर्दैछौँ ।” अदालतको काम कारबाहीप्रति सेवाग्राहीको धारणा सन्तोषजनक नहुँदा अपेक्षित प्रतिफल नआउने भन्दै उनले उनीहरूप्रतिको हाम्रो दायित्व बोधले मात्र न्यायसम्पादन पूर्ण हुने बताए ।

वरिष्ठ न्यायाधीश कार्कीले मेहनत, इमान्दारिता र निष्ठाबाट हुने न्यायालयको कामले जनतामा विश्वास बढ्ने बताए । जनताको सहजताका लागि मुद्दालाई वर्गीकरण गरिएको जनाउँदै वरिष्ठ न्यायाधीश कार्कीले सबैको सकारात्मक सहयोगबाट न्याय सम्पादनमा प्रभावकारिता बढ्ने तर्क गरे ।

उच्च अदालत सुर्खेत जुम्ला इजलासका कायममुकायम न्यायाधीश शेषराज शिवाकोटीले गुणस्तरीय र प्रभावकारी न्याय सम्पादनका लागि भौतिक पूर्वाधारका साथै दक्ष जनशक्ति आवश्यक हुने जनाए । कायममुकायम न्यायाधीश शिवाकोटीका अनुसार चालु चौथो योजनाले न्यायपालिकालाई सेवाग्राहीमैत्री बनाउनमा जोड दिएको छ ।

उद्घाटन कार्यक्रममा उच्च अदालत सुर्खेत इजलास जुम्लाका न्यायाधीश श्रीमणकुमार गौतमले २४ कोठे भवन रु तीन करोड २२ लाख १३ हजार लागतमा निर्माण भएको जनाए । उनका अनुसार उक्त भवन डीएस पृथ्वी जेभी निर्माण कम्पनी, ललितपुरले निर्माण गरेको थियो ।

जिल्ला अदालत जुम्लाको २० कोठे भवन रु चार करोड २१ लख ४३ हजार ५०० लागतमा निर्माण भएको जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहले जानकारी दिए । उक्त भवन चन्द एण्ड वसन्त पुष्प जेभी निर्माण कम्पनीले निर्माण गरेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्की, चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायत, अधिवक्ता मीनबहादुरमहतलगायत वक्ताले न्याय सम्पादनमा कर्णालीवासीको सहज पहुँच हुने गरी न्यायाधीश र आवश्यक जनशक्तिको व्यवस्था मिलाउन कामु प्रधानन्यायाधीश कार्कीसमक्ष अनुरोध गरे ।

कामु न्यायधीश कार्कीले हुम्ला, जुम्ला र कालीकोटमा नवनिर्मित भवनको आज उद्घाटन गरेका छन् ।

उक्त कार्यक्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा मङ्गल रावल, न्यायाधीश नसुरुल्लाह अन्सारी, सर्वोच्च अदालतका रजिष्ट्रार नारायण पन्थी, सह–रजिष्ट्रार बाबुराम दाहाल, २४ नं. कर्णाली बाहिनी जुम्लाका बाहिनीपति रामचन्द्र केसी, प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईं, सशस्त्र प्रहरी उपरीक्षक चित्राङ्गत दाहाल, प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दलगायतको सहभागिता थियो । रासस

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ९ : २२ बजे

ओखलढुङ्गामा आगलागी ५७ लाख बढीको क्षति

ओखलढुङ्गा– जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा घरमा

कांग्रेसको १५औँ महाधिवेशन : केन्द्रीय प्रतिनिधिलाई अभिमुखीकरण

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै निर्वाचन क्षेत्रमा

अफगानिस्तानमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, १ सय १६ जना घाइते

काठमाडौं- अफगानिस्तानमा वर्षाका भएका विभिन्न घटनामा मृत्यु हुनेको सङ्ख्या ६१

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज

यूएईमा घाइते भएकामध्ये छ नेपाली डिस्चार्ज, एकको अवस्था खतरामुक्त

काठमाडौं- यूएईको राजधानी अबु धाबीस्थित नेपाली राजदूतावासले शुक्रबारको घटनामा घाइते