बजेटमा सबैको स्वामित्व रहेको अर्थमन्त्री शर्माको भनाइ | Khabarhub Khabarhub

बजेटमा सबैको स्वामित्व रहेको अर्थमन्त्री शर्माको भनाइ


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले सरकारले आइतबार ल्याएको बजेटमा सबैको स्वामित्व रहेको बताएका छन । समाजका सबै पक्षसँग छलफल गरी बजेट बनेको भन्दै अर्थमन्त्री शर्माले सबैको साथ सहयोग पाएमा बजेट कार्यान्वयन हुने बताए । अर्थमन्त्री शर्माले बजेट निर्माण गर्ने क्रममा विभिन्न सरोकारवाला पक्षसँग छलफल गरेको बताए ।

‘मैलै युवा, महिला, दलित, व्यवसायी, पछि परेको क्षेत्र, अर्थशास्त्री, बैंकर लगायत सम्बन्धित सबै तमाम पक्षहरूसँग छलफल गरेको थिए । दूरदराजका चमार, पोडे देखि  कर्णालीका जनतासँग कुरा गर्दै के हो त समस्या भनेर प्रश्न सोध्दा जे उत्तर दिनुभयो ती सबै पक्षले भनेको कुरा बजेटमा ल्याएको हु । यो बजेटमा सबैको स्वामित्व छ । यहाँहरुले बनाएको बजेटमा मैले प्रतिनिधित्व गरेको हुँ, उनले भने ।

उनले बजेट कार्यन्वयनमा सबै तह र तप्काबाट कार्यन्वयन तथा खबरदारी गर्न आग्रह गरेका थिए  । खबरदारी गरेको खण्डमा बजेटका कार्यक्रम लागू हुनेमा विश्वस्त हुने मन्त्री शर्माले बताए ।

राज्यले किसानलाई सम्मान र उत्साहित बनाउने किसिमले बजेट ल्याएको उनले बताए । कृषिलाई यान्त्रिकीकरणकाव्यवसायिकरण गर्नेतर्फ सरकारले सुरुवाती काम थालेको उनको भनाइ छ।

‘हाम्रो जंगल, पहाड, प्राकृतिक सम्पदा पूजा गर्नका लागि मात्र होइन, यसलाई बाहिर ल्याउँनुपर्यो । हाम्रो आन्तरिक सामानहरुको प्रयोग गर्नुपर्यो’ उनले भने । उनका अनुसार मुलुकसँग कच्चा पदार्थको निर्यात गर्न सम्भावना समेत रहेको छ । ‘त्यसैले हामीले सम्भव भएका क्षेत्रमा सहुलियत दिएर उत्पादन र निर्यात बढाउन खोजेका हौं ।’ उनले भने ।

साथै उनले के हाम्रो काम सुपारी ल्याउने र  सुपारी निर्यात गर्ने मात्रै हो ? भन्ने प्रश्न गर्दै त्यो अब इतिहास भइसकेको टिप्पणी गरे ।

उनले भने–  ‘भारतले चिनी रोक्यो आत्तिनु पर्दैन । छ महिनामा उखु तयार हुन्छ । चिनी मिल हामीसँग छ, किन आत्तिनु ? धानको बीउ ल्याएर तत्काल सुरु गरौँ भनेको नमिल्ने रैछ । यसको अध्ययन हुँदैछ । सकेसम्म छिटो गर्ने प्रयास गरेका छौं । कृषिमा संकल्प सबैले गरौँ – अरुको होइन म मेरो देशमा फलेको तराकारी खान्छु ।’

उनले बजेट सम्बोधन गर्ने किसिमको मौद्रिक नीति आउने अपेक्षा गरे । बजेटमा निर्यात गर्ने उद्योगलाई राज्यले सक्ने जति छुट दिएको समेत बताए।

कुनै पनि विषयमा छलफल गर्दा पर्याप्त अनुसन्धान नहुने गरेको भन्दै उनले अब अनुसन्धानहरु अघि बढाउनुपर्ने धारणा राखे । ‘हाम्रोमा अनुसन्धान समस्या छ ।’ उनले भने । अनुसन्धानमा अर्थविद लगायत अर्थमन्त्रालय लाग्न आवश्यक रहेको बताउदै उनले नेपालमा आइटी क्षेत्रको श्रम सेवामा उच्च सभ्भावना रहेकोले अन्तर्राष्ट्रिय बजारमा श्रम सेवा दिन सकिने उनले भने ।

बजारमा तलताको अभावका विषयमा उनले पुँजीको परिचालन कहाँ भइरहको छ र  कहाँ अड्किएको छ भनेर खोज्नुपर्ने अवस्था आएको समेत बताए । उनले बजारमा पैसा किन आइरहेको छैन केमा लगानी भएको छ भन्ने कुरा खोज्ने काममा लाग्ने बताए ।

नेपाल आर्थिक संघ तथा बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन) ले काठमाडौंमा अन्तरक्रियात्मक कार्यक्रममा सरोकारवालासँग छलफल गरेको हो । कार्यक्रममा आर्थिक वर्ष २०७९/८० बजेटका विभिन्न विषयमा अन्तरक्रिया भएको हो ।

कार्यक्रममा नेपाल आर्थिक संघका अध्यक्ष डा. विश्वाभर प्याकुर्‍याल,  नेपाल आर्थिक संघका उपाध्यक्ष प्रा.डा. गोविन्द नेपाल , वरिष्ठ अर्थविद् डा. पोसराज पाण्डे, बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन) का अध्यक्ष पवन गोल्यान, अर्थमन्त्रालयका अर्थसचिव मधु मरासिनी, अर्थमन्त्रालयका विरिष्ठ आर्थिक सल्लाहाकार डा. सुरेन्द्र पाण्डे लगायतको उपस्थिती थियो ।

उक्त छलफलमा बजेटका विषयमा जानकारी यसका चुनौतीका विषयमा छलफल गरिएको  थियो ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ११ : १८ बजे

छोराको निधनपछि गौरवको परिवार सहाराविहीन

सुदूरपश्चिम– विदेश गएर कमाइ गरी परिवारको सहज जीविकोपार्जनमा बुबालाई सहयोग

माधव नेपालको प्रस्ताव- समान बिचार भएका पार्टीबीच एकता गर्न ढिला गर्नुहुँदैन

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारको घोषणा

मौसम सुधार भएपछि सहज बन्दै मनाङको अवस्था

मनाङ– गत सोमबारदेखि परेको हिमपात रोकिएको छ। मौसममा आएको सुधारले

रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए

जुम्ला– आन्तरिक तथा बाह्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा रहेको रारा

खाद्य कम्पनीद्वारा कैलालीमा धान खरिद सुरु

अत्तरिया– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले