फेरि पेट्रोलियम पदार्थको मूल्य बढाउने संकेत ! « Khabarhub

फेरि पेट्रोलियम पदार्थको मूल्य बढाउने संकेत !


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : पछिल्लो समय लगातार मूल्य बढिरहे पनि नेपाल आयल निगमको घाटा झन् बढ्दै गएको छ । इन्डियन आयल कर्पोरेशन आइओसीले पठाएको नयाँ मूल्यमा नेपाल आयल निगमको घाटा थप बढेको हो । जसको कारण रुस र युक्रेनबीचको युद्ध कारक मानिएको छ । नयाँ मूल्य अनुसार निगमको मासिक घाटा ६ अर्ब १५ करोड पुग्ने अनुमान गरिएको छ।

आइओसीको मूल्य सूचिअनुसार पेट्रोलमा ८ रुपैयाँ २१ पैसा बढेर आएको छ भने डिजल लिटरमा ७ रुपैयाँ घटेर आएको छ । यस्तै ग्यासको एक सिलिण्डरमा २२ रुपैयाँ घटेको छ। आइओसीले मुल्य बढाएर पठाएपछि नेपाल आयल निगमले पनि मूल्य समायोजन गर्दा पेट्रोलियम पदार्थको मूल्य बढ्ने संकेत देखिएको छ ।

आइओसीको मूल्य सूचिलाई आधार मानेर नेपाल आयग निगमले पाक्षिक रुपमा पेट्रोलमा ६७ करोड, डिजेलमा एक अर्ब ३० करोड रुपैयाँ घाटा रहेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ । यस्तै एलपी ग्यासमा एक अर्ब ४३ करोड रुपैयाँ घाटा नै रहेको निगमको भनाई छ ।

अहिले पेट्रोलियम पदार्थको मूल्य यथावत छ । तर यही मूल्यले असारसम्म ६० अर्ब घाटा हुने प्रक्षेपण गर्दै निगमले तत्कालै मुल्य बढाउने संकेत दिएको छ । जसको सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । यो विज्ञप्तिले केही दिनमा निगमले फेरि मूल्य समायोजनका नाममा पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य बढाउने सम्भावना बढाएको छ ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  १० : २३ बजे

बालेनलाई मोदीको फोन, ‘नेपाललाई सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार छौँ’

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन

रसुवाबाट २५ घाइतेको उपचारका लागि काठमाडौं ल्याइयो  

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते

नुवाकोटको दृश्य : उद्धार गर्दै सुरक्षाकर्मी, आफन्तको आर्तनाद (तस्बिरहरू)

काठमाडौं– नुवाकोटका बाढीपीडितलाई नेपाली सेनासहित सुरक्षाकर्मीद्वारा हवाई उद्धार जारी छ

विपद्मा नागरिकको जीवन रक्षा गर्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं– नेपाली कांग्रेसले सरकारका सबै साधन श्रोत र संयन्त्रको उच्चतम

नेपालमा बाढी प्रभावित भारतीयको उद्धारका लागि भारतीय दूतावास सक्रिय

काठमाडौं- नेपालमा बुधबार आएको आकस्मिक बाढीबाट प्रभावित भारतीय नागरिकको उद्धार