फेरि पेट्रोलियम पदार्थको मूल्य बढाउने संकेत ! « Khabarhub

फेरि पेट्रोलियम पदार्थको मूल्य बढाउने संकेत !


१८ जेष्ठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : पछिल्लो समय लगातार मूल्य बढिरहे पनि नेपाल आयल निगमको घाटा झन् बढ्दै गएको छ । इन्डियन आयल कर्पोरेशन आइओसीले पठाएको नयाँ मूल्यमा नेपाल आयल निगमको घाटा थप बढेको हो । जसको कारण रुस र युक्रेनबीचको युद्ध कारक मानिएको छ । नयाँ मूल्य अनुसार निगमको मासिक घाटा ६ अर्ब १५ करोड पुग्ने अनुमान गरिएको छ।

आइओसीको मूल्य सूचिअनुसार पेट्रोलमा ८ रुपैयाँ २१ पैसा बढेर आएको छ भने डिजल लिटरमा ७ रुपैयाँ घटेर आएको छ । यस्तै ग्यासको एक सिलिण्डरमा २२ रुपैयाँ घटेको छ। आइओसीले मुल्य बढाएर पठाएपछि नेपाल आयल निगमले पनि मूल्य समायोजन गर्दा पेट्रोलियम पदार्थको मूल्य बढ्ने संकेत देखिएको छ ।

आइओसीको मूल्य सूचिलाई आधार मानेर नेपाल आयग निगमले पाक्षिक रुपमा पेट्रोलमा ६७ करोड, डिजेलमा एक अर्ब ३० करोड रुपैयाँ घाटा रहेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ । यस्तै एलपी ग्यासमा एक अर्ब ४३ करोड रुपैयाँ घाटा नै रहेको निगमको भनाई छ ।

अहिले पेट्रोलियम पदार्थको मूल्य यथावत छ । तर यही मूल्यले असारसम्म ६० अर्ब घाटा हुने प्रक्षेपण गर्दै निगमले तत्कालै मुल्य बढाउने संकेत दिएको छ । जसको सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । यो विज्ञप्तिले केही दिनमा निगमले फेरि मूल्य समायोजनका नाममा पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य बढाउने सम्भावना बढाएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  १० : २३ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल