भक्तपुरमा राष्ट्रपति कप खेलकुद प्रतियोगिता सुरु  | Khabarhub Khabarhub

भक्तपुरमा राष्ट्रपति कप खेलकुद प्रतियोगिता सुरु 


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुर नगरपालिकाकाको आयोजनामा बिहीबारदेखि भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिता सुरु भएको छ।

प्रतियोगिताको उद्घाटन नगर प्रमुख सुनिल प्रजापतिले गरे । कार्यक्रममा उनले भक्तपुरको खानेपानीको मुख्य आधार नगकोट खानेपानी मुहानमा खेल मैदानको नाममा पानीको श्रोतमाथि गरेको दोहनप्रति दुःख व्यक्त गरे । नगरकोटको भंगेरीडाँंडामा पानीको श्रोत सुक्ने गरी खेल मैदान बनाएको भन्दै उनले त्यसको विरोध जनाए ।

प्रतियोगिता असार १६, १७ र १८ गरी तीनदिनसम्म हुनेछ । प्रतियोगितामा कबड्डी, एथ्लेटिक्स, भलिबल र कराँते गरी चारवटा खेल सञ्चालन हुने आयोजक समितिले जनाएको छ ।

कार्यक्रममा नगर उपप्रमुख रजनी जोशीले खेलकुदका कारण समाजमा सुरक्षित भएर बाँच्ने आधार तय हुने बताउँदै देशको सार्वभौमिकता रक्षाको निम्ति खेलाडीहरु अग्रसर भएर लाग्नुपर्ने बताइन् ।

भक्तपुर जिल्ला खेलकुद समितिका अध्यक्ष किरण थापाले विद्यालय जीवनबाट खेलकुदमा अग्रसर भई देशको निम्ति योगदान गर्नुपर्ने बताउँदै यस किसिमको प्रतियोगिताले भक्तपुरमा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुर्‍याउने बताए । भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीको सभापतित्वमा भएको कार्यक्रममा कार्यपालिका सदस्य सुनिता अवाल र भनपा वडा नं. ३ का वडाध्यक्ष उपेन्द्र सुवालले खेल क्षेत्रबारे चर्चा गरे ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ६ : २८ बजे

कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन

म्याग्दी– कालीगण्डकीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–१ लामगरामा

व्यासमा मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण

तनहुँ – जिल्लाको  व्यास नगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिका–३ मा मोटरसाइकलको ठक्करबाट

छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु

धनगढी – कैलालीमा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ

वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा लुम्बिनी लाभा भित्रियो

काठमाडौं– महिला भलिबल फ्रेन्चाइज लिग वात्सल्य एभरेष्ट महिला भलिबल लिग