भक्तपुरमा राष्ट्रपति कप खेलकुद प्रतियोगिता सुरु  « Khabarhub

भक्तपुरमा राष्ट्रपति कप खेलकुद प्रतियोगिता सुरु 


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुर नगरपालिकाकाको आयोजनामा बिहीबारदेखि भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिता सुरु भएको छ।

प्रतियोगिताको उद्घाटन नगर प्रमुख सुनिल प्रजापतिले गरे । कार्यक्रममा उनले भक्तपुरको खानेपानीको मुख्य आधार नगकोट खानेपानी मुहानमा खेल मैदानको नाममा पानीको श्रोतमाथि गरेको दोहनप्रति दुःख व्यक्त गरे । नगरकोटको भंगेरीडाँंडामा पानीको श्रोत सुक्ने गरी खेल मैदान बनाएको भन्दै उनले त्यसको विरोध जनाए ।

प्रतियोगिता असार १६, १७ र १८ गरी तीनदिनसम्म हुनेछ । प्रतियोगितामा कबड्डी, एथ्लेटिक्स, भलिबल र कराँते गरी चारवटा खेल सञ्चालन हुने आयोजक समितिले जनाएको छ ।

कार्यक्रममा नगर उपप्रमुख रजनी जोशीले खेलकुदका कारण समाजमा सुरक्षित भएर बाँच्ने आधार तय हुने बताउँदै देशको सार्वभौमिकता रक्षाको निम्ति खेलाडीहरु अग्रसर भएर लाग्नुपर्ने बताइन् ।

भक्तपुर जिल्ला खेलकुद समितिका अध्यक्ष किरण थापाले विद्यालय जीवनबाट खेलकुदमा अग्रसर भई देशको निम्ति योगदान गर्नुपर्ने बताउँदै यस किसिमको प्रतियोगिताले भक्तपुरमा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुर्‍याउने बताए । भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीको सभापतित्वमा भएको कार्यक्रममा कार्यपालिका सदस्य सुनिता अवाल र भनपा वडा नं. ३ का वडाध्यक्ष उपेन्द्र सुवालले खेल क्षेत्रबारे चर्चा गरे ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ६ : २८ बजे

फरार प्रतिवादी धमाधम पक्राउ पर्दै

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न

अल्लाहलाई पुकार्दै ट्रम्प भन्छन्- इरानले युद्ध हारिरहेको छ

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति पूर्ण रूपमा

छानबिन प्रतिवेदनलाई अपूर्ण र पूर्वाग्रही भन्दै अर्को आयोग गठन गर्न नेकपा संयुक्तको माग

काठमाडौं- नेकपा संयुक्तले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनलाई अपूर्ण

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

किमाथांका– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक