हिमालयन एयरलाइन्सले काठमाडौँ-कुवेत उडान थाल्दै « Khabarhub

हिमालयन एयरलाइन्सले काठमाडौँ-कुवेत उडान थाल्दै


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- हिमालयन एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँ र कुवेत अन्तर्राष्ट्रिय विमानस्थल, कुवेत सिटीबीच सिधा उडान सेवा सुरु गर्ने भएको छ ।

कुवेतस्थित नेपाली दूतावासका अनुसार त्यसका लागि आगामी शुक्रबार, जुलाई १५ तारिखका दिन राती १०: २५ बजे काठमाडौँबाट कुवेतका लागि उडान प्रस्थान गरी शनिबार जुलाई १६ तारिख बिहान सबेरै २ बजे कुवेत सिटीबाट काठमाडौँका लागि प्रस्थान गर्ने सम्बन्धी उडान तालिका जारी भएको जनाएको छ ।

नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० औ वर्षिकोत्सवको शुभ-अवसरमा दुई देशबीच प्रतिस्पर्धात्मक एवं गुणात्मक हवाई सेवा प्रदान गर्दै यात्रुहरूको आवतजावतलाई थप सहज बनाउने सन्दर्भमा हिमालयन एयरलाइन्सले प्रारम्भ गर्न लागेको यस कार्यको दूतावास पूर्ण सफलताको कामना समेत व्यक्त गरेको छ ।

हिमालयन एयरलाइन्सले उडान सुरु गरेसँगै कुवेतबाट नेपाल फर्किने र नेपालबाट कुवेत जाने नेपाली कामदारहरुलाई हवाई टिकट पाउन सहज हुने अपेक्षा गरिएको छ । यसअघि नेपाल-कुवेत र कुवेत-नेपाल सीमित उडान हुँदा नेपाली श्रमिकले चर्को मूल्यमा हवाई टिकट खरिद गर्नुपर्ने बाध्यता थियो।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ६ : ४० बजे

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो