वन्यजन्तु पीडित म्याग्दीका कृषकलाई राहत | Khabarhub Khabarhub

वन्यजन्तु पीडित म्याग्दीका कृषकलाई राहत


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – वन्यजन्तुको आक्रमणबाट पशुधनको क्षति बेहोरेका म्याग्दीका कृषकले रु चार लाख ६० हजार राहत पाएका छन् । डिभिजन वन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७८-०७९ मा सो रकम बराबरको राहत वितरण गरेको जनाएको छ । निमित्त डिभिजनल वन अधिकृत मनोज रानाभाटले चितुवाको आक्रमणबाट मरेका ५० वटा पशुका धनीलाई राहत उपलब्ध गराइएको जानकारी दिए ।

‘प्रदेश सरकारको कार्यविधिअनुसार ३७ वटा खसी, बाख्रा र बोका, सात वटा पाठापाडी र छवटा बङ्गुरको राहत वितरण गरेका हौँ ‘, उनले भने, ‘३० जना कृषकले राहत पाएका छन् ।’ बाख्रा, खसी र बोकाको रु दश हजार, पाठापाडीको रु तीन हजार र बङ्गुरको रु छ हजार पाँच सय का दरले राहत वितरण गरिएको हो । चितुवाको आक्रमणबाट सबैभन्दा बढी क्षति बेहोर्ने कृषक मङ्गला गाउँपालिकाका छन् ।

वन्यजन्तु पीडित कृषकलाई राहतका अतिरिक्त मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका ब्रोसर वितरण र सचेतनामूलक गोष्ठी गरिएको छ । वन्यजन्तुको उपभोगका लागि दशवटा सामुदायिक वनमा पोखरी निर्माण गरिएको सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले जानकारी दिए ।

‘वन्यजन्तु पानी र आहराको खोजीमा मानव बस्तीमा नआउन भनेर जङ्गलमै पोखरी बनाइएको हो’, उनले भने, ‘वनमै पानी र आहरा भएपछि वन्यजन्तु मानव बस्तीमा नआउने र द्वन्द्व व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यले पोखरी बनाइएको हो ।’

प्रतिपोखरी निर्माणका लागि रु एक लाखका दरले बजेट विनियोजन भएकोमा प्रशासनिक खर्च कटाएर रु ९६ हजारका दरले भुक्तानी गरिएको छ । बेनी नगरपालिका–९ को गलेश्वर ठुलो सल्लेरी, घोर्लास, धौलागिरि–७ को धारापानी, रघुगङ्गा–२ को कृष्ण तालावनदी, मङ्गला–२ को सल्यान सल्लेरी, भदौरेपाखा, रघुगङ्गा–८ को उत्तिसिने, बेनपा–५ को भेडाखोर, पानी पधेरो देपुर्नेआटी, मङ्गला–३ र ४ को टाड बिसाउना सामुदायिक वनमा पोखरी निर्माण भएको हो ।

म्याग्दीको बेनी नगरपालिका–२ खबराको ठुलोगैरा सामुदायिक वनमा जिल्लामै पहिलोपटक पहिलोपटक औषधीय गुणयुक्त विजयसाल प्रजातिको वनस्पतिको ४० वटा बिरुवा रोपिएको छ । ‘विजयसाल लोपोन्मुख र संरक्षित वनस्पति हो’, निमित्त डिभिजन वन अधिकृत रानाभाटले भने, ‘परीक्षण र प्रवद्र्धन दुवै उद्देश्यले म्याग्दीमा विजयसाल भित्र्याइएको हो ।’

समुद्री सतहदेखि एक हजार मिटरको उचाइसम्म हुने विजयसालका लागि म्याग्दीको तल्लो क्षेत्रमा उपयुक्त हावापानी, मौसम र वातावरण भएकाले परीक्षण गरिएको वन डिभिजन प्रमुख रानाभाटले बताए । यसअघि म्याग्दीमा विजयसाल थिएन ।

उनका अनुसार विजयसालको भाडोमा राखेको पानी सेवन गर्नाले पेटसम्बन्धी रोग निको हुने तथ्य छ । विजयसालको काठको भाडामो एक रात राखेको पानी निलो रङको हुन्छ । सजावट र प्रयोग दुवै उद्देश्यले सुदूरपश्चिमको कञ्चनपुरमा विजयसालको जङ्गल छ । विजयसाललाई वनस्पतिसम्बन्धी अन्तर्राष्ट्रिय निकायले लोपोन्मुख र संरक्षित वनस्पतिको रुपमा सूचीकृत गरेका छन् ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ७ : ४४ बजे

कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन

म्याग्दी– कालीगण्डकीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–१ लामगरामा

व्यासमा मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण

तनहुँ – जिल्लाको  व्यास नगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिका–३ मा मोटरसाइकलको ठक्करबाट

छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु

धनगढी – कैलालीमा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ

वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा लुम्बिनी लाभा भित्रियो

काठमाडौं– महिला भलिबल फ्रेन्चाइज लिग वात्सल्य एभरेष्ट महिला भलिबल लिग