छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

धनगढी – कैलालीमा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका–११ ऐठास्थित सुर्मा खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँका दुई युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खोलामा डुुबेर २५ वर्षीय उमेश धामी र २० वर्षीय प्रकाश धामीको मृत्यु भएको हो । उनीहरु बिहीबार दिउँसो पौने ३ बजे घरदेखि करिब ७ सय मिटर दक्षिण–पश्चिम रहेको सुर्मा खोलामा पौडी खेल्ने गएका बेला डुबेर बेपत्ता भएका थिए ।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको टोलीले स्थानीयवासीको सहयोगमा खोजी गर्दा दुवै जनालाई बेहोस अवस्थामा उद्धार गरेको थियो ।

उनीहरूलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यस्तै बझाङ र बाजुरामा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङ केदारस्यु गाउँपालिका–५ बहोराडी बस्ने ५९ वर्षीया कमला बोहरा रहेकी छिन् । बिहीबार घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा अचानक चिप्लिएर करिब १०० मिटर तल खसेपछि उनी गम्भीर घाइते भएकी थिइन् ।

स्थानीयको सहयोगमा उनलाई उपचारका लागि जिल्ला अस्पताल चैनपुर लगिएको थियो । तर, चिकित्सकले उनलाई मृत घोषित गरेका छन् । प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यता बाजुराको गौमुल गाउँपालिका–३ कटीगाउँका ४१ वर्षीया वीरेन्द्र बोहराको मृत्यु भएको आफन्त टेकबहादुर धामीले बताएका छन् । स्थानीय बाग्याडोरा भीरमा वस्तुभाउलाई घाँस काट्ने क्रममा चिप्लिएर लडेका हुन् । गत असार ३१ गते बिहान घाँस काट्न गएका बोहरा फिर्ता नभएपछि परिवारले खबर गरेपछि मृत अवस्थामा फेला परेका हुन् ।

बोहराका श्रीमती, दुई छोरा र एक छोरी सहाराविहीन भएका छन् । गौमुल गाउँपालिकामा वर्षेनी स्थानीय भीरबाट लडेर ज्यान गुमाउन विवश छन् । वस्तुभाउ बढी पाल्ने र भीरपाखामा घाँस दाउरा गर्ने परिस्थितिले यस्ता घटना घट्ने गरेका छन् ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  १० : १९ बजे

यस्तो छ रास्वपाको प्रस्तावना नीति सिद्धान्त र कार्यदिशा (दस्तावेजसहित)

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रस्तावना नीति कार्यदिशालाई विधानमा

रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार

मस्को- रुसले युरोपेली मुलुकसँग सम्पर्क र वार्ताका लागि कुनै चेतावनी

‘गृहमन्त्रीज्यू, दक्षिणा होइन, न्याय दिनुहोस्’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय हरेक चेलीको माइतीघर भएको

सरकारी सूचना निर्णयविरुद्ध पत्रकार महासंघको र्‍याली

काठमाडौं– सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने