पोखरा महानगरको बजेटमा सडकलाई प्राथमिकता  « Khabarhub

पोखरा महानगरको बजेटमा सडकलाई प्राथमिकता 


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखरा महानगरपालिकाका अधिकांश भूभाग ग्रामीण छन् । महानगरपालिका बन्दा नजिकका गाविसहरू गाभिएका थिए, जहाँ सडक पहुँच पुगेको छैन भने स्वास्थ्य र शिक्षा जस्ता आधारभूत पूर्वाधारसमेत पुगेका छैनन् ।

पोखरा महानगरपालिकाले सुरुदेखि नै गाउँलाई सहरसँग जोड्नका लागि पूर्वाधारको काम गरिरहेको छ। नयाँ बजेटबाट कनेक्टिङ सडक निर्माणलाई झन् बढी प्राथमिकतामा राखिएको छ ।

‘समुन्नत पर्यटकीय पोखराको दीर्घकालीन सोच पूरा गर्न पर्यटन, पूर्वाधारको निर्माण गर्न, सहर र गाउँ जोड्ने कनेक्टिङ सडक सम्पन्न गर्न र सहरी सडकको मर्मतलाई प्राथमिकता दिइएको छ,’ नयाँ बजेटमा भनिएको छ, ‘चालू वर्षमा सुरु भएका विभिन्न सडकलाई पूरा गर्ने गरी बजेट छुट्याइएको छ ।’

चालू वर्षमा सुरु भएका १५ वटा कनेक्टिङ सडक, १० वटा सहरी सडक र १५ वटा ग्रामीण सडकलाई क्रमागत योजनाका रूपमा काम गर्न ५५ करोड विनियोजन गरिएको छ।

यस्तै, सहरी क्षेत्रको खाल्डा पुर्ने कामका लागि १५ करोड छुट्याइएको छ भने तालचोकदेखि बेगनास खण्डको स्तरोन्नति पूरा गर्ने महानगरका मेयर धनराज आचार्यले बताए ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  १० : ३७ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने