पोखरा स्पोर्टस अवार्डमा को-को खेलाडी छानिए ? « Khabarhub

पोखरा स्पोर्टस अवार्डमा को-को खेलाडी छानिए ?


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिबार पोखरामा छैटौं संस्करणको पोखरा स्पोर्टस अवार्ड सुरु हँदैछ । अवार्डका लागि सबै तयारी सकिएको मञ्चले जनाएको छ । अवार्डको ट्रफी एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।

मञ्चले विभिन्न सात विधामा अवार्ड वितरण गरिने गर्दैछ । ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड प्रदान हुने अध्यक्ष दिननाथ बरालले बताए ।

यो वर्ष लाइफ टाइम अचिभमेन्ट अवार्डबाट पूर्वअन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेशबहादुर भट्टराईलाई सम्मान गर्न लागिएको छ । अन्य विधाका खेलाडीहरुको मनोनयन सार्वजनिक भइसकेको छ । वर्ष खेलाडी पुरुष विधामा ब्याडमिन्टनका विधान अधिकारी, करातेका बुद्ध लामा र टेनिसका प्रदीप खड्का छनोटमा परेका छन् । उनीहरूमध्ये एकजनाले पुरस्कार पाउनेछन् । वर्ष खेलाडी महिलामा भलिबलका अरुणा शाही, क्रिकेटका मनिष उपाध्याय र करातेका सरगम कुमाल मनोनयनमा परे ।

उदीयमान खेलाडी विधामा टेनिसका दर्शिल श्रेष्ठ, क्रिकेटकी श्रृष्टि जैशी र बक्सिङका शाहिल लिम्बू, उत्कृष्ट प्रशिक्षक विधामा क्रिकेटका रिजन प्रजु, तेक्वान्दोका रेकमाया गुरुङ र टेनिसका निरज थापा मनोनयन सूचीमा परेका छनोट समितिले जनाएको छ ।

वर्ष खेलाडी पुरुष र महिलाले टेल जी ब्रान्डका टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी पाउनेछन् । वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघ, उत्कृष्ट खेल पत्रकारलाई नगद ३५ हजारका दरले सम्मान गरिनेछ । लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्ने व्यक्तिलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गर्ने अध्यक्ष बरालले बताए । मञ्चले २०७२ सालदेखि अवार्ड आयोजना गर्दै आएको हो ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  १२ : ३६ बजे

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने