राष्ट्रिय सभाबाट बजेटसम्बन्धी तीनवटा विधेयक पारित « Khabarhub

राष्ट्रिय सभाबाट बजेटसम्बन्धी तीनवटा विधेयक पारित


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय सभाले बजेट आश्रित तीनवटा विधेयक पारित गरेर प्रतिनिधिसभामा फिर्ता पठाएको छ ।

शुक्रबार बसेको राष्ट्रिय सभा बैठकले आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (२५औं संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको हो । पारित गरेसँगै उक्त विधेयक प्रतिनिधिसभामा पठाइएको छ ।

उक्त विधेयक प्रतिनिधिसभाले पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो । राष्ट्रिय सभाले पारित गरेर फेरि प्रतिनिधिसभामै सन्देशसहित विधेयक फिर्ता पठाएको हो ।

अब प्रतिनिधिसभाले राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितका उक्त विधेयक पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यसपछि प्रमाणीकरणका लागि उक्त विधेयक राष्ट्रपतिकहाँ पठाइन्छ । प्रतिनिधिसभाको बैठक २० असारमा बोलाइएको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  १२ : २५ बजे

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी