बाढीले प्रभावित बारा निजगढको जनजीवन सामान्य बन्दै | Khabarhub Khabarhub

बाढीले प्रभावित बारा निजगढको जनजीवन सामान्य बन्दै


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– अविरल वर्षका कारण भलपानीको बाढी पसर प्रभावित बनेको निजगढको जनजीवन सामान्य बनेको छ । वर्ष रोकिएर बाढी र डुबान घटेपछि जनजीवन समान्य बन्दै गएको हो । अघिल्ला दुई दिनदेखिको लगातार वर्षपछि आएको बाढी पसेर इलाका प्रहरी कार्यालय निजगढको मेससहित पूर्वपश्चिम लोकमार्गको सहिद चोक क्षेत्रलगायत विभिन्न स्थानका घर, पसल र कार्यालय डुबानमा परेका थिए । 

भलपानीको बाढीले निकास नपाउँदा घर तथा पसल र कार्यालय डुबानमा परेका हुन् । बाढीले निजगढ नगरपालिका वडा नम्बर ६, ७, ८ र ९ का दर्जनौं घर डुबानमा परेका थिए । बाढीका कारण सहिद चोकबाट राजमार्गको पूर्वतर्फको लच्कासम्मको क्षेत्र सबैभन्दा बढी प्रभावित बनेको थियो ।  बाढी पसेर इलाका प्रहरी कार्यालय निजगढको मेसमा रहेको भाँडाकुँडा बगाएको प्रहरी निरीक्षक सञ्जीव ओलीले जानकारी दिए । बाढी र डुबानले मेस सञ्चालन  गर्न नसकिएपछि प्रहरी कार्यालयका प्रहरीलाई निजगढ बजारको एक होटलमा लगेर खाना खुवाइएको निरीक्षक ओलीले जानकारी दिए । 

कार्यालयको मूलगेटबाटै बाढी पस्न थालेपछि प्रहरीहरूले बालुवाको बोराको बाँध बनाएर नियन्त्रण गरेका थिए । तर भवनको पछाडिपट्टिबाट पसेको बाढीले चौकीको मेस डुबानमा पारेको र सामग्री बगाएको हो ।  निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङ, वडा नम्बर ७ का अध्यक्ष टेकबहादुर लामा, वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवालसहितको टोलीले पूर्वपश्चिम लोकमार्गको प्रभावित क्षेत्रमा पुगेर निरीक्षण गरेको थियो ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  १ : ५५ बजे

अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

अछाम – अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्।

विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

मोरङ – मोरङमा विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

केन्यामा बाढीका कारण दुई सयभन्दा धेरैको मृत्यु

नैरोबी –तान्जानियाका समुद्री तटतर्फ चक्रवात अगाडि बढेसँगै मार्चपछि केन्यामा बाढीसम्बन्धी

खबरहब ब्रिफिङ : उपचुनाव, लगानी सम्मेलन, प्रदूषण, अवहेलना, इन्टरनेट…

काठमाडौं – यो साता (बैशाख १५–२१) नेपालमा महत्वपूर्ण घटनाक्रम विकसित

आगलागीका कारण बझाङमा वायु प्रदूषण उच्च

बझाङ । बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि