कृषि कार्यालयद्वारा जुम्लामा गहुँ चुट्ने र जोत्ने मेसिन वितरण  « Khabarhub

कृषि कार्यालयद्वारा जुम्लामा गहुँ चुट्ने र जोत्ने मेसिन वितरण 


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– कृषि विकास कार्यालय जुम्लाले महिलाको कार्यबोझ घटाउन यान्त्रिक करण मेसिन वितरण गरिएको छ । जुम्लाको कृषि पेसामा सबैभन्दा बढी महिला आबद्ध छन् । उनीहरूको कार्यबोझ घटाउन यस्ता आधुनिक मेसिनको ब्यवस्था गरिएको हो । जुम्लाका आठवटै पालिकाका  समूह, सहकारी, निजी उद्यमीलाई अनुदानमा कृषि औजार तथा प्रविधि हस्तान्तरण गरिने भएको कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले बताए ।

उनले भने, ‘यान्त्रिक करण, औजारका लागि गत भदौमा आवेदन मागिएको थियो । त्यसपछि फागुनमा छनोट गरिएको हो ।अहिले गहुँ काट्ने र धान चुट्ने १८ वटा थ्रेसर, आएका छन । १६ वटा मल्टि क्रसर मेसिन दिइएको हो । यो मेसिनले खेती लगाउनका लागी जोत्ने काम गर्दछ ।’  मल्टि क्रसर मेसिनको मूल्य किसानले व्यक्तिगत किन्नुपरेको  खण्डमा ४५ हजार पर्ने गरेको छ । यस्ता औजार कृषि विकास कार्यालयमार्फत अनुदानमा आउने भएपछि किसानले राहतको महसुस गरेका छन् । प्रमुख अधिकारी भन्छन्, ‘दुईवटा ओखरको तेल पेल्ने मेसिन, तीनवटा चिनो काट्ने मेसिनसमेत आएका छन्।  छनोटमा परेका किसानलाई  हस्तान्तरण गर्ने तयारी भएको छ ।’

सहकारी र कृषक समूहका लागि ३० प्रतिशत अनुदान र निजी उद्यमीका लागि ५० प्रतिशत अनुदानमा यान्त्रिक करण कार्यक्रमअन्तर्गत थ्रेसर, मेसिन उपलब्ध गराइने प्रमुख अधिकारीले बताए । विशेषगरी महिलाको कार्यबोझमा सहज  ल्याउन र कृषिमा व्यावसायिकता बनाउन किसानका मागका धारमा आवश्यक कृषि औजार तथा उपकरण उपलब्ध गराइएको उनको भनाइ छ । 

उपकरण पाउने भएपछि गुठीचौगाउँपालका-४ की कृष्णमाया अधिकारी उत्साहित छिन् । उनको  मष्टकृषि  तथा पशुपंक्षी पालन उद्योग दर्ता छ । अधिकारीले भनिन्, ‘जुम्लाको मार्सी धान चुट्ने र गहुँ चुट्ने  मेसिन औजार तथा प्रविधि पाएपछि हाम्रो दैनिकी पनि सहज र समयको बचतसँगै आम्दानीका लागि पनि सहज भएको छ । किसानले आफै किन्नुपरेमा थ्रेसर मेसिन ५५ हजार जति पर्ने गर्दछ ।’  सरकारले नै कृषि क्षेत्रमा आधुनिकीकरणको पहुँचसँगै कृषकहरूले आफ्ना खेतबारीमा उब्जाएका बाली भित्र्याउन सहज बनाउने लक्ष्यका साथ यस्ता खालका सामग्री उपलब्ध गराउँदै आएको छ । बाली चुट्ने कामदेखि, जोत्ने सम्याउने सबै काम कृषियन्त्रले गरेपछि किसानको श्रम, लगानी र समय बचत हुने भएको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ३ : ५० बजे

कांग्रेस महाधिवेशन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन

विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि गैरप्राथमिक आयोजनाको बजेट कटौती गरिने

हेटौँडा– बागमती प्रदेश सरकारले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणलाई

अन्तर्राष्ट्रिय साहित्यतर्फको नोबेल पुरस्कार क्यानेडाली कवयित्री एवम् निबन्धकार एन कार्सनलाई

काठमाडौं- क्यानेडाली कवयित्री, निबन्धकार तथा अनुवादक एन कार्सनले यस वर्षको

गगनको मुखैमा विधान छ, मन लागेका बेला फ्याट्टै फेर्नुहुन्छ : प्रकाशशरण महत

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशन जारी छ । संस्थापन पक्ष

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।