बझाङमा आजै मतगणना नगरिने | Khabarhub Khabarhub

बझाङमा आजै मतगणना नगरिने

तीनवटा केन्द्रको मतपेटिका हेलिकोप्टरबाट ल्याउने प्रयास


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बझाङ प्रदेश सभा क्षेत्र नं. १ को मतगणना आज नगरिने भएको छ । मतपेटिका केन्द्रीकृत गर्न समय लाग्ने देखिएकाले मतगणनामा ढिलाइ हुने भएको हो ।

दुर्गम स्थानमा रहेका कम्तिमा तीनवटा मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरबाट ल्याउनुपर्ने, तर मौसम खराब रहेकाले तत्काल ल्याउन नसकिने अवस्था रहेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताएका हुन्‌ ।

लामिछानेका अनुसार आज भएको उपनिर्वाचनमा करिब ५० प्रतिशत मत खसेको छ । साइपाल गाउँपालिका लगायत विकट स्थानमा फोन सम्पर्क हुन नसकेकाले एकीन तथ्याङ्क संकलन नभइसकेको उनले जानकारी दिए ।

‘भौगोलिक विकटताका कारण आज नै जिल्लामा मतपेटिकाहरू संकलन गर्न नसकिएला जस्तो छ, आजै मत गणना हुँदैन,’ लामिछानेले भने, ‘साइपाल गाउँपालिकामा रहेका पाँच मतदान केन्द्रमध्ये तीन केन्द्रको मतपेटिका हेलिकोप्टरबाट सदरमुकाम ल्याउनुपर्ने हुन्छ, त्यसकारण शनिबार नै सबै मतपेटिका जम्मा गरेर मत गणना गरिहाल्न सम्भव छैन ।’

लामिछानेका अनुसार साइपाल गाउँपालिकाको धूली, काँडा र एराङकुरीडाँडाको मतपेटिका हेलिकोप्टरबाट ल्याउनुपर्छ । मौसमले साथ दिए धूली र काडाँको मतपेटिका आजै सदरमुकाम चैनपुर ल्याउने प्रयास भइरहेको छ । तर मौसम बदली भइरहेकाले एराङकुरीडाँडाको मतपेटिका ल्याउन नसकिने स्थिति रहेको उनको भनाइ छ ।

उनका अनुसार नेपाली सेनाको हेलिकोप्टर बझाङको सदरमुकाम पुगे पनि मौसम खराब भएकाले तीनवटा मतदान केन्द्रको मत सदरमुकाम ल्याउन समस्या छ । 

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ६ : १३ बजे

बिरामी बिदा हडतालपछि एयर इन्डियाका ७४ उडान रद्द

मुम्बई– अन्तिम समयमा चालक दलका दर्जनौँ सदस्यले बिरामी भएको भन्दै

सुनकोशी डाइभर्सनको निरीक्षणपछि बाबुराम भन्छन्- कृषिक्रान्ति नै देशको समृद्धिको पहिलो आधार

काठमाडौं– नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रश्न : ‘युवा विदेशिने प्रवृत्ति पाँच वर्षपछि के हुन्छ ?’

काठमाडौं – पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले युवा र विद्यार्थीहरू अध्ययन तथा

फ्रान्सभर ओलम्पिक ज्वालाको यात्रा सुरु

मार्सेली– स्वागत समारोहका लागि भव्य थ्रि–मास्ट जहाजमा आइपुगेको एक दिनपछि

जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको