इग्नाटोवा एफबीआइको टप १० मस्ट वान्टेड सूचीमा समावेश « Khabarhub

इग्नाटोवा एफबीआइको टप १० मस्ट वान्टेड सूचीमा समावेश


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमनाडौँ– ‘मिसिङ्ग क्रिप्टोक्वीन’ भनेर चिनिने रुजा इग्नाटोवालाई एफबीआइको टप १० मस्ट वान्टेड सूचीमा समावेश गरिएको छ ।करिब ४० वर्षीया बुल्गेरियन महिलालाई वानकोइन नामक क्रिप्टोकरेनसी घोटालाको अभियुक्त स्वरुप वान्टेड सुचीमा राखिएको हो । बिहीबार प्रकाशित एक सूचनामा इग्नाटोवाको पक्राउसँग सम्बन्धित कुनै पनि जानकारीबारे ब्युरोले १ लाख अमेरिकी डलरको पुरस्कार घोषणा गरिएको छ ।

अन्य सुरक्षा तथा तारसम्बन्धी पनि धोखाधडी गरेकी इग्नाटोवा एफबीआईको टप १० मस्ट वान्टेड सुचीमा पर्ने एक मात्र महिला हुन् । फरार अभियुक्तले क्रिप्टोकरेन्सीको बहानामा करिब ४ अरब अमेरिकी डलर बराबरको ठगीको आरोप लागेको फेडेरल अन्वेषकहरूको भनाइ छ ।  सन् २०१७ मा इग्नाटोवाविरुद्ध अमेरिकी अधिकारीहरूले पक्राउ पत्र जारी गरी अन्वेषकले पक्राउ कार्य सुरु गरेसँगै उनी फरार भएकी थिइन् । सन् २०१४ मा इग्नाटोवाद्धारा आत्म–वर्णन गरिएको वानकोइन नामक एक क्रिप्टोकरेन्सीले उपभोक्तालाई किनेर अर्को मानिसलाई बेचेबापतको कमिसन दिन सुरु गरेको थियो । तर अन्य क्रिप्टोकरेन्सी जस्तै वानकोइन बल्कचेन प्रविधिबाट सुरक्षित नगरिएको र बेकार भएको एफबीआई अधिकारीहरूको भनाइ छ । 

No description available.फेडेरल अभियोजकहरुका अनुसार क्रिप्टोकरेन्सीका नाममा केवल एउटा पोन्जी स्किम सञ्चालन भएको थियो । उनले क्रिप्टोकरेन्सीको सुरुवाती दिनको अनुमान गर्दै चतुराइ पूर्वक आफ्नो स्किमलाई सुरु गरेको देखिन्छ ।’ फेडेरलका वरिष्ठ अभियोजक डेमियन विलियम्सले अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीलाई जानकारी दिइन् ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ४ : ११ बजे

ग्यासको सास्ती : निगमले तोकेका सात ठाउँमा बिहानैदेखि लामो लाइन (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको समस्या समाधान गर्न नेपाल

‘अदालतले बचाएकाले फर्किएँ, न्याय मिल्नेमा विश्वस्त छु’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले अदालतको निर्णयलाई आफूले सम्मान

सुवासना बनिन् ‘भ्वाइस किड्स ५’ की विजेता

काठमाडौं – सुवासना खड्का गायन रियालिटी शो ‘भ्वाइस किड्स ५’

धार्मिक स्वतन्त्रताको व्याख्यासहित देउवाले भने, ‘म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आइतबार काठमाडौंको

रुससँगको सम्बन्धको भविष्यप्रति किम आशावादी

प्योङयाङ– उत्तर कोरियाली नेता किम जोङ–उनले रुससँगको सम्बन्धको भविष्यप्रति आफू