‘आइएमई नेपाल लोकस्टार’ को प्रायोजकमा जगदम्बा सुपर साइन जस्तापाता « Khabarhub

‘आइएमई नेपाल लोकस्टार’ को प्रायोजकमा जगदम्बा सुपर साइन जस्तापाता


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको मौलिक लोक संस्कृतिमा आधारित रियालिटी शो ‘आइएमई नेपाल लोक स्टार’ को दोस्रो सिजनको लागि पावर बाई स्पोन्सरका रूपमा जगदम्बा स्टील्स अन्र्तगतको जगदम्बा सुपर साइन जस्तापाता अनुबन्ध भएको छ ।

जगदम्बा स्टील्सका महाप्रबन्धक, मनोज तिवारी र हिमालय टेलिभिजनका अध्यक्ष, धर्मराज भुसालकाबीच आपसी समझदारीमा काठमाडौँस्थित र्‍याडिसन होटलमा बिहीबार आयोजित विशेष समारोहबीच सम्झौता हस्ताक्षर भएको हो।

लोक स्टारको डिजिटल अडिसन हालै सम्पन्न भएको छ। अडिसनमा हजारौँ प्रतिभाहरूले लोक स्टार सिजन २ को उपाधि जित्ने आकांक्षासहित आवेदन गरेका छन् । यी आवेदनमध्येबाट छानिएका प्रतिभासँगै देशका विभिन्न स्थानमा हुने फिजिकल अडिसनबाट पनि प्रतिभाहरुको छनौट गरिने छ । केही दिनमै नयाँ सिजनको सुटिङ प्रारम्भ हुने र साउन महिनाको अन्त्यदेखि हरेक मंगलबार र बुधबार राती ८ बजे कार्यक्रम प्रसारण हुनेछ ।

यसैबीच दोस्रो सिजनका लागि निर्णायकहरुको छनौट गरिएको छ । नेपाली लोकसंगीत शिखर पुरुष कुमार बस्नेत यस पटक नेपाल लोक स्टारको निर्णायकका रूपमा अनुबन्ध हुने भएका छन् । उमेरले झन्डै ८० वर्ष पुग्न लागेका बस्नेत नयाँ पुस्ताका प्रतिभा तिखार्ने अभिलासा बोकेर लोक स्टारमा निर्णायकका रूपमा अनुबन्ध हुने भएको हो ।

यसैगरी चर्चित लोक तथा दोहोरी गायिका ज्योति मगर पनि निर्णायकका रूपमा अनुबन्ध हुने भएकी छिन् । पहिलो सिजनमा पनि निर्णायक रहेका रामजी खाँड यस पटक पनि लोक स्टारमा निर्णायककै रूपमा रहनेछन् । यस्तै चर्चित लोक दोहोरी गायक कुलेन्द्र बिश्वकर्मा पनि यो सिजनको निर्णायक हुने छन्  ।

लोक स्टार सिजन २ लाई फिल्म एवं रियालिटी शोहरुको सफल निर्देशन गरिसकेका  निर्देशक शिमोस सुनुवारले निर्देशन गर्ने छन्, भने चर्चित एरेन्जर एवं संगीतकर्मी आशिष अबिरल संगीत निर्देशकका रूपमा अनुबन्धित भएका छन्   ।

चर्चित लोकगायक प्रकाश सपुत कार्यक्रम सञ्चालक एवं ब्रान्ड आइकनका रुपमा रहने छन् ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ४ : ४५ बजे

हिरासतमा श्रीकृष्णको मृत्युबारे गृहमन्त्रीको जवाफ : प्रहरीले कुटपिट गरेको देखिएन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन

चिडियाखानामा पनि बर्डफ्लू देखिएपछि…

काठमाडौं– ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुहरूमा बर्डफ्लु संक्रमण

चलचित्र समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचान हो : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्र मनोरञ्जनको

नेकपा नेतालाई प्रचण्डको सुझाव- प्रतिक्रियावादीलाई फाइदा पुग्छ, निराशाको खेती नगर्नुस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीलाई फाइदा

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै एकजना पक्राउ

काठमाडौं– सर्लाहीको बरहथवा नगरपालिका-३ स्थित प्रतिटोलमा चोरीको गाडी प्रयोग गरी चोरी