चट्याङ लागेर एक युवकको मृत्यु, दुई जना घाइते « Khabarhub

चट्याङ लागेर एक युवकको मृत्यु, दुई जना घाइते


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– बाराको सुवर्ण गाउँपालिका-७ मा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । चट्याङ लागेर २० वर्षीय धिरज प्रसाद यादवको शुक्रबार दिउँसो मृत्यु भएको हो । खेतमा काम गरिरहेको अवस्थामा उनलाई चट्याङ लागेको थियो भने सँगै काम गरिरहेका अन्य दुई जना भने गम्भीर घाइते भएका छन् । 

सुवर्ण गाउँपालिका-७ बस्ने २८ वर्षीय नेतालाल पण्डित र सोही स्थान बस्ने भरोस यादवको ८ वर्षीय छोरी रुवी कुमारीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ४ : ३४ बजे

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।