सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थ नगर सिटी अस्पतालबिच सम्झौता « Khabarhub

सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थ नगर सिटी अस्पतालबिच सम्झौता


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सेञ्चुरी कमर्सियल बैंक लिमिटेड भैरहवा शाखा र सिद्धार्थ नगर सिटी अस्पतालबिच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सिद्धार्थनगर सिटी अस्पतालबिच विभिन्न सेवा सुविधाहरु मा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको हो ।

बैंकको डेबिट कार्ड,क्रेडिट कार्ड, मोबाईल बैंकिङ्ग प्रयोग कर्ता, सम्पूर्ण ग्राहक वर्गहरु तथा बैकका कर्मचारीहरूलाई सिद्धार्थ नगर सिटी अस्पतालमा १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता भएको हो । ओपिडी टिकट, ल्यावशुल्क, एक्सरे, भिडियो एक्सरे, बेड चार्ज जेनेरल, फिजियो थेरापीमा १० प्रतिशत र बेड/क्याबिन चार्जमा ५ प्रतिशत छुट दिने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा सिद्धार्थ नगर सिटी अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेल  र बैंकको तर्फबाट भैरहवा शाखा प्रमुख प्रकाश गौतमले हस्ताक्षर गरेका हुन्।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका १४५ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ५ : ४४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।