संयुक्त राष्ट्रसंघ–सिरियाली युद्धमा ३ लाख बढीले गुमाए ज्यान « Khabarhub

संयुक्त राष्ट्रसंघ–सिरियाली युद्धमा ३ लाख बढीले गुमाए ज्यान


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एक दशकको सिरियाली द्वन्द्वमा तीन लाखभन्दा बढीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सिरियामा एक दशकमा ३ लाख भन्दा बढी नागरिकको मृत्यु भएको पाइएको छ ।संयुक्त राष्ट्रसंघको अनुसार, सन् २०११ मा सुरु भएको गृहयुद्धमा यो आकर्डा द्वन्द्व–सम्बन्धित मृत्युको सबैभन्दा उच्च रहेको अनुमान’ गरिएको छ ।

संयुक्त राष्ट्र मानव अधिकार परिषद्द्वारा जारी गरिएको विस्तृत रिपोर्ट अनुसार, एक दशकको समयावधिमा सन् २०२१ सम्म हरेक दिन ९ महिला र १८ बालबालिका गरी ८३ सर्वसाधारणको मृत्यु भएको पुष्टि भएको छ ।

यी ३ लाख ६ हजार ८ सय ८७ नागरिकहरूका हत्याको कारण उनीहरूसँग सम्बन्धित परिवार र समुदायमा गहिरो प्रभाव पारेको थियो।, मानव अधिकारको लागि संयुक्त राष्ट्रका उच्च आयुक्त मिशेल बाचेलेटले जानकारी दिए।

व्यक्तिगत रूपमा विभिन्न स्रोतहरूद्वारा मृतकको पूरा नाम, मिति र मृत्युको स्थान समावेश गरी विस्तृत जानकारीको साथ दस्तावेज गरिएको यस प्रतिवेदनले १ लाख ४३ हजार ३ सय ५० नागरिकको मृत्युलाई उद्धृत गरेको छ ।

परिवारहरूले युद्धमा मृतकको बारे अधिकारीहरूलाई सूचित नगरेकाहरूको जानकारी भने संयुक्त राष्ट्रको प्रतिवेदनमा समावेश गरिएको छैन । साथै यसले सैनिक र लडाकुहरूको मृत्यु पनि समावेश गरेको छैन तर तिनीहरूको सङ्ख्या हजारौँमा रहेको विश्वास गरिन्छ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ६ : ३५ बजे

बाढीपीडितलाई नन्दप्रसाद जानुका फाउन्डेसन र इनास यूकेको राहत

रसुवा- नन्दप्रसाद जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ

त्रिशूली– नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली

शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल

काठमाडौं–  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने

आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँ : मानव अधिकार आयोग

सुदूरपश्चिम– राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथामका लागि आत्महत्याबारे मौन

यस्तो छ देवीघाटमा पाँच दिनमा तयार एक्रो ब्रिज (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले एक्रो ब्रिज