मकवानपुरमा ट्रक दुर्घटना, चालकको मृत्यु « Khabarhub

मकवानपुरमा ट्रक दुर्घटना, चालकको मृत्यु


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– मकवानपुरमा भारतीय नम्बर प्लेटको ट्रक दुर्घटना भएको छ । कान्तिलोक पथ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ११ घट्टेपाख नजिकै फलाम बोकेको ट्रक दुर्घटना हुँदा  चालकको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो कान्तिलोकपथ सडकखण्डमा हेटौँडा बाट ठगिनतर्फ जाँदै गरेको सि जी ०७ बि अच ५५२७ नम्बरको फलाम बोकेको भारतीय ट्रक सडक बाट अन्दाजी २००/२५० मिटर तल खसेको थियो ।

मृत्यु हुनेमा ट्रक चालक भारतको पट्ना जिल्ला महाबलिपुर बस्ने ४० बर्षीय सुरेन्द्र यादव रहेको मकवानपुर प्रहरीले बताएको छ । ट्रक चालकको शव गाडीको स्ट्रेरिङमा अड्केर  रहेको र ट्रकका सहचालक भारत रौतास जिल्ला दरिहट बस्ने  १८ वर्षीय अजित यादव भने हामफालेर बाँचेको जनाइएको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ७ : ३८ बजे

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ