एक वर्षपछि मुगुमा बजार अनुगमन « Khabarhub

एक वर्षपछि मुगुमा बजार अनुगमन


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– हिमाली जिल्ला मुगुमा एक वर्षपछि स्थानीय बजार अनुगमन गरिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय छायानाथ रारा नगरपालिका, नेपाल प्रहरीलगायत अन्य सरोकारवाला निकायको संयुक्त टोलीमा सदरमुकाम गमगढी बजारमा एक वर्षपछि छड्के अनुगमन गरिएको हो । 

सदरमुकाम गमगढी बजारको अदालत चोकबाट सुरु भई सदरमुकामका करिब एक दर्जनभन्दा बढी पसलको अनुगमन गरिएको हो । बजार अनुगमनको क्रममा बढी मात्रा अखाद्य बस्तु, पेय पदार्थ, जंग फुड, मदिरालगायतका सामान बरामद गरिएको अनुगमन टोलीले जनाएको छ । छायानाथ रारा नगरपालिकाका नगर उपप्रमुख ऐश्वर्या मल्ल र सहायक प्रमुख जिल्ला अधिकारी खड्ग बहादुर रोकायाको नेतृत्वमा गरेको अनुगमन टोलीले शुक्रबार यहाँका सानादेखि ठूला पसलसम्म अनुगमन गरिएको छ । 

अनुगमनकै क्रममा नागरिकको मृत्युको मुखमा बचाउने यहाँका निजी मेडिकलमा पनि अनुगमन गरिएको र उक्त मेडिकलमा गरिएको अनुगमनमा म्याद नाघेका औषधि, स्यानिटाइजरलगायत म्याद नाघेका औषधिहरू फेला पारि बरामद गरिएको बताए । शुक्रबार गरिएको अनुगमनमा बेसार, पेय पदार्थ, चकलेट, चाउचाउसँगै दर्जनौं प्रकारका लाखौं मूल्यका खाद्यान्न बस्तुहरू बरामद गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खड्ग बहादुर रोकायाले बताए ।

नागरिक समाज मुगुका अध्यक्ष रूप बहादुर मल्लका अनुसार अनुगमन यहाँका सरोकारवाला निकायले औपचारिकता मात्र देखाएको बताए । तीन/तीन महिनामा गरिनु पर्ने अनुगमन एक वर्षपछि एक पटक मात्र अनुगमन गर्दा यहाँका नागरिकको जीवनमाथि खेलबाड गरेको उनको भनाई छ । अनुगमनको जिम्मेवारी पाएका उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, स्थानीय सरकार, प्रहरी, प्रशासनले अनुगमनको क्रमलाई लापरबाही गरेको उनको आरोप छ । 

नागरिक र स्थानीयको गुनासो लाई सम्बोधन गर्दे हामीले आवश्यकता अनुसार अनुगमन गरिने र स्थानीय तह चुनाव २०७९ को लागि अनुगमनमा ढिलाइ भएको बताए । यता स्थानीय सरकार छायानाथ रारा नगरपालिकाले बजार अनुगमन २०७५ को ऐन पारित नै भएको जनाइएको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ७ : ४५ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर