बजार अनुगमनबाट म्याद गुज्रेका सामान बरामद गरेर नष्ट « Khabarhub

बजार अनुगमनबाट म्याद गुज्रेका सामान बरामद गरेर नष्ट


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर : जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज आकस्मिक रुपमा गरेको बजार अनुगमनमा मासु पसलदेखि हार्डवेयर व्यापारीसम्मलाई कारबाही गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रमुख उमेशकुमार दाहाल, नापतौल विभाग, वाणिज्य विभाग, पशुपक्षी चिकित्सक, नेपाल आयल निगम, उपभोक्ता मञ्च, उद्योग वाणिज्य सङ्घ, भक्तपुर नगरपालिका, जिल्ला घरेलु सङ्घ, पत्रकारलगायत संयक्त टोलीले आज बजार अनुगमन गरेको हो ।

भक्तपुरको कमलविनायकदेखि सल्लाघारीसम्मका विभिन्न पसलमा भएको अनुगमनमा अनियमितता गर्नेलाई कारबाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।

बजार अनुगमनका क्रममा कमलविनायकको सूर्य हार्डवेयरलाई रु पाँच हजार जरिवाना लगाइएको छ । हार्डवेयरले नापतौल पूरा नभएको, ट्याग र लेबलिङ विनाको डण्डी बिक्री गरेको, तौलको राम्रो व्यवस्थापन नगरेको पाइएको सहायक प्रजिअ शर्माले जानकारी दिए ।

कमलविनायककै महालक्ष्मी कोल्ड स्टोरलाई रु तीन हजार जरिवाना लगाउँदै तीन दिनभित्र प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ । स्टोरमा खसी, कुखुराको मासु एउटै फ्रिजमा हालेर राखेको, सडेको मासुसँगै ताजा मासु राखिएको, चार वर्षदेखि पसल नवीकरण नगरिएको, दर्ता ढक तराजु नवीकरण नगरेको, नापतौल स्पष्ट नभएको पाइएको छ ।

कमलविनायककै आरभ स्टोर, केएम मार्टमा लेबलिङ नगरिएको सामान प्याक गरी बिक्री गरिएको, म्याद गुज्रेका सामान फ्रिजमा राखिएको पाइएकाले तत्काल सुधार्न निर्देशन दिँदै म्याद गुज्रेको सामान नष्ट गरिएको छ ।

कमल विनायकको चाँगुनारायण आयल स्टोर, सल्लाघारीको शान्ति आयल स्टोरमा अनुगमन गरी पेट्रोलियम पदार्थको गुणस्तरलगायत अनुगमन निरीक्षण गरिएको छ । रासस

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ९ : ०३ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल