मधेसमा सहिद परिवारका ९५ परिवारलाई आर्थिक सहयोग « Khabarhub

मधेसमा सहिद परिवारका ९५ परिवारलाई आर्थिक सहयोग


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर : मधेस प्रदेश सरकारले जनयुद्धका क्रममा सहिद भएका सिरहाका ९५ परिवारलाई एक लाखको दरले आर्थिक सहयोग प्रदान गरेको छ ।

मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालय र मधेसी सहिद प्रतिष्ठानद्वारा सिरहाको मिर्चैयामा आज आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री मात्रिकाप्रसाद यादव, प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सहिद परिवारलाई प्रमाणपत्र र रु एक लाखको चेक हस्तान्तरण गरेका हुन् ।

नेता यादवले सङ्घीय सरकारले जनयुद्धका सहिदलाई सम्मान गर्न नसकेपनि मधेस प्रदेश सरकारले जनयुद्ध दिवस र सहिद परिवारलाई सम्मान तथा आर्थिक सहयोग गर्नु स्वागतयोग्य कार्य भएको उल्लेख गरेका थिए ।

प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री साहले सहिद परिवारलाई सम्मान गर्न प्रदेश सरकारले कुनै कन्जुस्याइँ नगर्ने बताएका थिए ।

प्रदेश सरकारले जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनका शहिद परिवारलाई भरणपोषण गर्न मासिक भत्ता र शहिद परिवारका छोराछोरीलाई छात्रवृत्ति दिन लागेको जानकारी दिए ।

गरिब, बिपन्न परिवारका बिरामीहरुलाई उपचारका लागि आर्थिक सहयोग गर्दै आएको बताउँदै मन्त्री साहले जल विधुत आयोजनामा शहिद परिवारलाई शेयर सदस्य बनाउने योजना बनाउन लागेको बताए ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ९ : ११ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल