थाई स्माइलको बैंकक-काठमाडौँ सिधा उडान सुरु « Khabarhub

थाई स्माइलको बैंकक-काठमाडौँ सिधा उडान सुरु


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : थाइल्याण्डको वायुसेवा प्रदायक कम्पनी थाई स्माइल एयरवेजले आजदेखि बैंकक–काठमाडौँ–बैंकक गन्तव्यमा सिधा उडान सुरु गरेको छ । कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर पहिलो पटक नियमित उडान सुरु गरेको हो ।

बैंककबाट दिउँसो काठमाडौँ विमानस्थल अवतरण गरेको विमान यात्रु लिएर गन्तव्यतिर फर्किएको विमानस्थल कार्यालयले जनाएको छ । कम्पनीले दुईतर्फी दैनिक एक उडान भर्नेछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार थाई स्माइलले आवश्यक सबै प्रक्रिया पु¥याएर हप्ताको सातै दिन उडान भर्ने अनुमति पाएको छ । नेपालका लागि थाई स्माइलको आधिकारिक जिएसए सोसाइटी इन्टरनेशनल ट्राभल रहेको छ । कम्पनीले कूल १६२ सिट क्षमताको एयरबस ३२० विमानबाट उडान भरेको जनाएको छ ।

थाइल्याण्डको बैंकक मुख्यालय रहेको क्षेत्रीय वायुसेवा कम्पनी थाई स्माइल थाई एयरवेजको भगिनी संस्था हो । थाई स्माइलले सन् २०१२ जुलाईदेखि व्यावसायिक उडान सुरू गरेको थियो । कम्पनीले थाइल्याण्डका १२ गन्तव्यसहित कम्बोडिया, चीन, हङ्कङ, ताइवान, लाओस, मलेसिया, म्यानमार, भारत र भियतनामका २० गन्तव्यमा उडान गरिरहेको छ । रासस

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ९ : १७ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर