लण्डन लगानी सम्मेलन: सन् २०३० सम्म ५ अन्तर्राष्ट्रिय विमानस्थल, १५ हजार मेगावाट बिजुली « Khabarhub

लण्डन लगानी सम्मेलन: सन् २०३० सम्म ५ अन्तर्राष्ट्रिय विमानस्थल, १५ हजार मेगावाट बिजुली


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

लण्डन– नेपाल लगानी वोर्डले सन् २०३० सम्म २ हजार किलोमिटर रेल र १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको जनाएको छ।

नेपाली दूतावास लण्डन र ब्रिटेन नेपाल चेम्बर अफ कमर्शको संयुक्त आयोजनामा बिहीबार लण्डनमा आयोजित नेपालमा लगानी सम्बन्धी एक सम्मेलनलाई सम्बोधन गर्दै बोर्डका कार्यकारी निर्देशक शुशील भट्टले भने“नेपाल लगानीका लागि उपयुक्त मुलुक हो।”

नेपालले अहिले भारतलाई बिजुली बेच्न थालिसकेको बताउँदै भारत र बंगलादेश विद्युत निर्यातको लागि ठूलो बजार रहेको बताए । उनले नेपालमा यातायता, सडक, कृषि, आइटी तथा उत्पादन क्षेत्रमा लगानीको लागि गर्न आग्रह गरे ।

नेपाल लगानी बोर्डले आगामी १० वर्षभित्र नेपालमा ५ वटा अन्तराष्ट्रिय विमानस्थल, र वार्षिक ५ मिलियन पर्यटन भित्र्याउने लक्ष्य लिएको जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले नेपालमा संविधान बनेपछि राजनैतिक स्थायित्व कायम भएको बताउँदै नेपालमा लगानीको लागि प्रशस्त सम्भवना रहेको बताए । उनले नेपाल वि.सं. २०७२ सालको महाभूकम्पले पुर्‍याएको क्षतिबाट माथि उठेर अब आर्थिक संमृद्धिको दिशामा अघि बढेको बताए ।

कार्यक्रममा आन्तरिक व्यापार विभागका मेनिफ्याक्चिङ इनर्जी एन्ड इन्फास्ट्रक्चरका निर्देशक रोडनी ब्राकलीले नेपालमा आफ्नो लगानीको लागि अनुभव सुनाउदै लगानीको लागि आग्रह गरे । उनले लगानीबाट प्राप्त हुने मुनाफामा दोहोरो कर प्रणाली खारेज हुनु पर्नेमा जोड दिए ।

कार्यक्रममा ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्टका प्रमुख राजेश हिमानीले नेपालमा लगानीका चुनौतिको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा लगानी बोर्डका सहसचिव अमृत लम्साल र उपसचिव रमेश अधिकारीले नेपालमा लगानीका सम्भवनाका बारेमा कार्यपत्र प्रस्तुत गर्दै लगानी बोर्डले लगानीकर्तासंग सहकार्य गर्दै अघि बढ्न तयार रहेको बताए ।

कार्यक्रममा डोल्मा एम्प्याक्ट फण्डकासंस्थापक कार्यकारी अधिकृत टिम गोचरले नेपाल लगानीको लागि प्रसस्त सम्भवाना हरेको मुलुक भएको बताउँदै उर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरे । उनले नेपालमा लगानीको क्षेत्रमा सामान्य चुनौति रहे पनि प्रतिफल प्राप्त हुनेमा ढुक्क हुन आग्रह गरे। उनले लगानीका लागि नेपाल विश्वकै सबैभन्दा आकर्षक गन्तव्य भएको बताए ।

सम्मेलनलाई सम्बोधन गदै गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीहरुले हाइड्रो, बैंकिङ, स्वास्थ्य क्षेत्रमा लगानी गरेको चर्चा गर्दै संघले नेपाल सरकारसंग सहकार्य गर्दै काम गरिरहेको जानकारी दिए । उनले नेपाल लगानीको लागि ‘भर्जिनल्याण्ड’ भएको बताए ।

नेपाली दुतवास लण्डनकी उप्रमुख रोशन खनालले सञ्चालन गरेको कार्यक्रममा ब्रिटिस नेपाल चेम्बर अफ कर्मका उपाध्यक्ष विराज भट्टले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बेलायतस्थित नेपाली व्यवसायी, लगानीकर्ता, पत्रकार समाजसेवी लगायतको बाक्लो उपस्थित थियो ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  १० : ५० बजे

खाद्य गुणस्तरका लागि नियमित बजार अनुगमन गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गीत चौधरीले खाद्य गुणस्तर

सुकुम्वासी परिवारको डिजिटल लगत बनाउँदै सरकार, बैंकमा सहायता रकम हाल्दिने तयारी

काठमाडौं । सरकारले उपत्यकाका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको एकीकृत

बाढीपहिरोका कारण अवरुद्ध पाँच राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौं । यही वैशाख २१ गतेदेखिको वर्षासँगै आएको बाढीपहिरोका कारण

स्थानीय तहलाई कम्पनी दर्ता र सेयर खरिदको बाटो खुल्यो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले अबदेखि

नेपाल बारले भन्यो : अध्यादेशमा न्यायपालिकालाई कार्यपालिकाको छायामा मनसाय देखियो

काठमाडौं- नेपाल बार एसोसिएसनले आफ्ना सल्लाहकारसँगको छलफलपछि न्यायपालिकालाई कार्यपालिकाको छायामा