विश्वविद्यालयको पढाइ अनुसन्धानमूलक हुनुपर्छ : राज्यमन्त्री यादव « Khabarhub

विश्वविद्यालयको पढाइ अनुसन्धानमूलक हुनुपर्छ : राज्यमन्त्री यादव


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

कर्णाली– शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया कुमारी यादवले विश्वविद्यालयको पढाइ अनुसन्धानमूलक हुनुपर्नेमा जोड दिएकी छिन् ।

सुर्खेत बहुमुखी क्याम्पस सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘शैक्षिक भवन समुद्घाटन, प्रतिमा÷सालिक अनावरण तथा हस्तान्तरण’ कार्यक्रमको उद्घाटन समारोहमा राज्यमन्त्री यादवले सूचना र प्रविधिको युगमा क्याम्पस तथा विश्वविद्यालयको पढाइ सैद्धान्तिक ज्ञानमा सीमित राख्न नहुने सुझाव दिइन् ।

विद्यालय र क्याम्पसको सुधारविना विश्वविद्यालयको उन्नयन नहुने भन्दै उनले दक्ष, वैज्ञानिक तथा प्राविधिक जनशक्तिका लागि आधार बलियो हुनुपर्ने बताइन् ।

“पछिल्लो समयमा शिक्षक सेवा र त्रिविवि सेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षामा अति न्यून जनशक्ति मात्र उत्तीर्ण भएको पाइन्छ”, राज्यमन्त्री यादवले भनिन्, “यसबाट कतै हाम्रा क्याम्पस र विश्वविद्यालयको पढाइ कोरा सैद्धान्तिक ज्ञानमा मात्र सीमित भई पेशागत जीवनको वास्तविकतासँग मेल नखाएको हो कि ? प्रश्न उठ्छ ।”

आजको २१औँ शताब्दीको शिक्षा र स्थानीय विज्ञानको मिलन गर्ने प्रविधिमा आधारित र सीपमूलक हुन आवश्यक रहेको विचार व्यक्त गर्दै राज्यमन्त्री यादवले आफ्नो स्वर्गीय पति भीमबहादुर मल्लको सम्झनामा बहुमुखी क्याम्पस सुर्खेतको शैक्षिक भवन निर्माण, छात्रवृत्ति अक्षय कोषका लागि रु एक करोड तीन लाख २८ हजार ८८२ दान गर्ने सुर्खेत निवासी कमला मल्लप्रति हार्दिक कृतज्ञता प्रकट गरिन् ।

कमला समाजसेवाको एक बलियो उत्प्रेरणाको स्रोत भएको बताउँदै उहाँले शिक्षालाई अनुसन्धान र परियोजना कार्यमा आधारित गराउन ज्ञानलाई सीप, सीपलाई रोजगार र रोजगारलाई आर्थिक समृद्धिसँग जोड्ने गरी क्याम्पसको पठनपाठन र शैक्षिक क्रियाकलाप अगाडि बढाउन सुझाइन् ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ११ : ३१ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय