बीआरआईले नेपाल पनि श्रीलंका बन्ने विज्ञको चेतावनी | Khabarhub Khabarhub

बीआरआईले नेपाल पनि श्रीलंका बन्ने विज्ञको चेतावनी


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- श्रीलंकाको अवस्था आँखै अगाडि हेरिरहँदा नेपालमा पनि बीआरआई सम्झौता कार्यान्वयन गरेमा नेपाल गहिरो आर्थिक संकटमा फस्न सक्ने चेतावनी विज्ञहरूले दिएका छन् । चिनियाँ ऋणले नै श्रीलंका आर्थिक रुपमा टाट पल्टेको भन्दै विज्ञहरूले अब आँखा चिम्लेर बीआरआईका विषयमा कुरा अगाडि बढाउनु हानिकारक हुने पनि उनीहरुको चेतावनी छ ।

आइएसएसआरले खबरहबमा आयोजना गरेको ‘नेपालमा विदेशी ऋण, अवसर र चुनौती तथा श्रीलंका संकट दोहोरिन नदिन के गर्ने ?’ विषयक कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले बीआरआई परियोजनाका विषयमा गम्भीर भएर सोच्नुपर्ने आवश्यकता पनि औँल्याएका छन्।

अर्थशास्त्री तथा विश्लेषक अरुणकुमार सुवेदी अहिले अध्ययनकै क्रममा रहेको बीआरआईका विषयमा गम्भीर हुनुपर्ने बताउँछन् । ‘बीआरआई अहिले अध्ययनकै क्रममा छ । त्यति धेरै आत्तिनु पर्दैन’ उनले भने, ‘तर अब श्रीलंका संकट देखिसकेपछि गम्भीर भएर सोच्न आवश्यक छ । बीआरआई सम्झौता गर्दा भोलि श्रीलंका नहोला भन्न सकिन्न ।’

यस्तै श्रीलंकाका लागि पूर्व नेपाली राजदूत समेत रहेका अर्थशास्त्री तथा विश्लेषक विश्वम्भर प्याकुर्‍याल बीआरआई सम्झौता भएपछि चिनियाँ ऋणका कारण धेरै देशको आर्थिक अवस्था नाजुक बनेको बताउँछन् ।

‘चिनियाँ ऋणले गर्दा श्रीलंका, पाकिस्तान, इथियोपिया लगायत देशको अवस्था नाजुक बनेको छ । बीआरआईबाट पीडित यस्ता धेरै देशको सूचि मसँग छ’ उनले कार्यक्रममा भने, ‘म आफैँ श्रीलंकाको राजदूत भइसकेका कारण पनि महँगो ब्याजदरमा चिनियाँ ऋण नेपालका लागि फाइदा कम, घाटा बढी छ । यस्तै अवस्थाले बीआरआई सम्झौता गरेर नेपाल पनि श्रीलंका बन्न सक्छ ।’

श्रीलंका, पाकिस्तान लगायत देशको आर्थिक अवस्थाका कारण नेपाल समयमै सचेत हुनुपर्ने विज्ञहरूको भनाई छ ।

‘विदेशी ऋण लिन सजिलो छ, तर त्यसको भुक्तानी धेरै गाह्रो पर्छ । श्रीलंकाले हिजो सजिलैसँग चिनियाँ ऋण लिएको थियो । पाकिस्तानले पनि लिएको छ’ उनले भने, ‘तर आज भुक्तानी गर्न नसक्दा त्यसको मूल्य कति महँगो परेको छ । सबैले देखेकै छन् । त्यसैले नेपालजस्तो देशले चीनसँग बीआरआई सम्झौता गर्ने कि नगर्ने ? गम्भीर भएर सोच्नुपर्छ । स्वार्थमुखी नेताहरुले झन् चिन्तित हुनुपर्छ ।’

यस्तै लेखक तथा विश्लेषक देवेश झाले नेपाल पटक पटक श्रीलंका बन्छ कि भनेर चिन्ता बढेको भन्दै त्यसो नहुने बताए । श्रीलंकाबाट नेपालले सुन आयात गरिरहेको बताउँदै उनले श्रीलंका आफैँ टाट पल्टिएको नभई विदेशी ऋणबाट भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने उनले बताए ।

‘श्रीलंकाबाट सुन आयात गर्ने नेपाल कसरी टाट पल्टिएर श्रीलंका बन्न सक्छ, बन्दैन’ उनले भने, ‘तर आज श्रीलंकालाई टाट पल्टाउने वैदेशिक ऋण लिने विषयमा गम्भीर बन्नुपर्छ ।’ नेताहरुले यस विषयमा गम्भीर भएर सोच्नुपर्ने उनको भनाई छ ।

यस्तै अर्थशास्त्री गोविन्द नेपाल विकसित देशले दिने हरेक अनुदान र ऋणका विषयमा गम्भीर राजनीतिक नेतृत्व गम्भीर हुनुपर्ने बताउँछन् ।

‘हामीलाई विदेशीले दिने ऋण वा अनुदानका विषयमा गम्भीर हुनुपर्छ । यसबारेमा राम्रोसँग छलफल र समीक्षा गर्नुपर्छ’ उनले कार्यक्रममा भने, ‘विदेशीले दिने ऋणको फाइदा र बेफाइदा हेरेर मात्रै लिनुपर्छ । त्यो ऋण वा अनुदानबाट उनीहरुले खोजेको स्वार्थका विषयमा पनि स्पष्ट हुनुपर्छ । यस्तो विषयमा नेताहरु झन् गम्भीर हुनुपर्छ ।’

यस्तै व्यवसायी प्रकाश दुलालले पनि विदेशीले दिने ऋणभन्दा नेपाल आफैले उत्पादन गर्न सक्ने विषयका बारेमा गम्भीर हुनुपर्ने बताए । नेपाल श्रीलंका बन्नेभन्दा पनि नेपाललाई नेपाल रहन दिनका लागि गर्नुपर्ने कामका विषयमा सबै एकजुट हुनुपर्ने उनको धारणा छ ।

‘नेपाल श्रीलंका बन्छ वा बन्दैन, त्यो समयले देखाउँला’ उनले भने, ‘तर नेपाललाई नेपाल रहन दिऔँ । नेपाललाई नेपाल नै बनाऔँ । अनि मात्रै केही उपलब्धि हुन्छ । यसरी छलफल गरेको सार्थकता रहन्छ । अन्यथा निरर्थक हुन्छ ।’

यस्तै विश्लेषक सरोज मिश्रले चीनले दिने ऋण वा बीआरआई परियोजनाका विषयमा थप गम्भीर भएर कदम चाल्नुपर्ने बताए । अहिलेकै अवस्थामा महँगो ब्याजदरमा बीआरआई स्वीकार गरेमा यसले भोलिका दिनमा देशलाई पर्ने असर गम्भीर हुन सक्नेतर्फ उनले सरकारको ध्यानाकर्षण पनि गराए ।

‘चीनको महँगो ब्याजदरको ऋणका विषयमा धेरै बहस भएको छ । तर अझै गम्भीर हुनुपर्छ’ उनले भने, ‘त्यसबाट नेपाललाई हुने फाइदा, बेफाइदा, दिगो विकास तथा असरका विषयमा अझै सोचिएन भने भोलि नेपाल श्रीलंकाकै अवस्थामा पुग्न सक्छ । तर नेपाल तत्कालै श्रीलंका चाहिँ बन्दैन ।

पछिल्लो समय श्रीलंका संकटमा चासो बढेपछि नेपालमा पनि वैदेशिक ऋण लिँदा ध्यान दिनुपर्ने आवाज बढ्न थालेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ३ : २८ बजे

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्