विश्व इतिहासमा आज : सङ्गीत टेलिभिजनको प्रसारण सुरुदेखि जापान एयरलाइन्सको स्थापनासम्म « Khabarhub

विश्व इतिहासमा आज : सङ्गीत टेलिभिजनको प्रसारण सुरुदेखि जापान एयरलाइन्सको स्थापनासम्म


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

आज २०७९ साल साउन १६ गते सोमबार । सन् २०२२ को अगस्ट १ तारिख । यस्ता छन् आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रम :

सन् २००७ अगस्ट १ मा मिनेसोटाको मिनियापोलिसस्थित आई–३५ ब्रिज मिसिसिपी नदीमा खसेको थियो । साँझ भएको सो दुर्घटनामा १३ जनाको मृत्यु भयो भने १ सय ४५ जना घाइते भए ।

सन् २००४ अगस्ट १ मा पाराग्वेको राजधानी आसुसियोनस्थित एक सुपरमार्केटमा भएको आगलागीका कारण ४ सय मानिसको मृत्यु भयो भने ५ सय जना घाइते भए ।

सन् १९८१ अगस्ट १ मा सङ्गीत टेलिभिजनको प्रसारण सुरु भयो । द बग्गल्सको ‘भिडियो किल्ड द रेडियो स्टार’ प्रसारण हुने पहिलो गीत थियो । एमटिभि नाम गरिएको यस च्यानलले टप ४० रेडियो फर्माट अपनाउँदै म्युजिक भिडियोहरुको बीचमा भिडियो जक्कीहरुद्धारा प्रस्तुत हुने सङ्गीत समाचारको लागि प्रसिद्ध थियो ।

सन् १९८० अगस्ट १ मा भिग्दिस फिन्बागडाटरले आइसल्याण्ड राष्ट्रपति कार्यालयको कार्यभार सम्हालिन् । उनी आइस्ल्याण्डका चौथो राष्ट्रपति थिइन् भने विश्वको लोकतान्त्रिक राष्ट्रको पहिलो महिला राष्ट्रपति थिइन् । उनले राष्ट्रपतिको कार्यभार १६ वर्षसम्म सम्हालिन् । यसले उनलाई विश्वको नै सबैभन्दा लामो समय सेवा महिला राष्ट्र प्रमुख बनायो ।

सन् १९६६ अगस्ट १ मा टेक्सस विश्वविद्यालयमा अवस्थित टेक्सस टावरबाट चालर्स व्हिटम्यान नामक एक विद्यार्थीले गोली प्रहार गरेर १६ जना मानिसको हत्या गरेको थियो । आफूलाई गोली हान्नु अगाडि चालर्सले ३१ जनालाई घाइते बनाए।

सन् १९४६ अगस्ट १ मा राष्ट्रपति ह्यारी एस ट्रुम्यानले आणविक उर्जा आयोगको गठन गरे ।

सन् १९४३ अगस्ट १ मा १ सय ७ भन्दाबढी बी–२५ बम्बर्सले रोमनियाको पोलेस्तीस्थित तेल क्षेत्रहरुमा दोस्रो पटक आक्रमण गरेको थियो ।

सन् १९५१ अगस्ट १ मा जापान एयरलाइन्स जेएएलको स्थापना भयो । सन् १९५३ मा यस निजी संस्थालाई अर्धसरकारी सार्वजनिक निगममा रुपान्तरण भयो । विश्वको नै सबैभन्दा ठुलो हवाई वाहकका रुपमा रहेको यस एयरलाइन्स सन् १९८७ मा निजी संस्थामा रुपान्तरण भयो ।

सन् १९३६ अगस्ट १ मा जर्मनीको बर्लिनमा अडोल्फ हिटलरले ग्रीष्मकालीन ओलम्पिकको उद्घाटन गरे । सुरुवातमा यहुदी र अफ्रिकन मानिसहरुलाई यस ओलम्पिकबाट वञ्चित गर्ने योजाना थियो । तर, केही राष्ट्रहरु र जर्मन ओलम्पिक समितिको विरोधपश्चात् यस योजनालाई बर्खास्त गरिएको थियो । १८ अफ्रिकी–अमेरिकी खेलाडीहरूले ट्र्याक र फिल्ड खेलमा राम्रो प्रदर्शन गरेका थिए ।

सन् १८३४ अगस्ट १ मा ब्रिटिस साम्राज्यले दासप्रथाको पूर्ण रुपमा अन्त्य गरेको थियो ।  ब्रिटिस संसदले दासत्व उन्मूलन अधिनियम १८३३ पारित गरेको एक वर्षपश्चात् यो नियम कार्यान्वयनमा आएको थियो । यस अधिनियमलाई सन् १९८८ मा खारेज गरिएको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ७ : १६ बजे

कोहलपुरमा भाइद्वारा दाजुको हत्या, अभियुक्त पक्राउ

नेपालगञ्ज– बाँकेको कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको आरोपमा प्रहरीले

स्वास्थ्यमन्त्री मेहताको निर्देशनमा सरकारी अस्पतालको गुणस्तर अनुगमन तीव्र

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको निर्देशनमा सरकारी अस्पतालहरूको

झण्डा र देशको माया अनि परदेश हिँडेकी सरू

बेइजिङ-स्थान- त्रिभुवन विमानस्थल, काठमाडौंसमय- असार १४ गते आइतबार राति ८.३०

राहदानी छपाइ प्रकरण : महानिर्देशक अर्यालसहित पाँच जना धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं– विशेष अदालतले राहदानी छपाइ प्रकरणमा पक्राउ परेका राहदानी विभागका

शक्तिहीन भएपछि नजिकिँदै कम्युनिस्ट, एकताको धुन बजाएपनि पद छाड्न तयार छैनन् नेता

काठमाडौं- अहिले नेपालको वाम आन्दोलन इतिहासकै कमजोर अवस्थामा छ ।