तस्बिरमा प्रतिनिधिसभाका ६ महिना : शपथ र घम्साघम्सीदेखि बालेन–हर्कको अंकमालसम्म « Khabarhub

तस्बिरमा प्रतिनिधिसभाका ६ महिना : शपथ र घम्साघम्सीदेखि बालेन–हर्कको अंकमालसम्म


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभाका सांसदले शपथ लिएको ६ महिना पूरा भएको छ । गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदले चैत १२ गते शपथ लिएसँगै प्रतिनिधिसभाको नयाँ कार्यकाल सुरु भएको थियो ।

प्रतिनिधिसभाको पहिलो बर्खे अधिवेशन र राष्ट्रिय सभाको चालु अधिवेशन शुक्रबार मध्यरात १२ बजेदेखि अन्त्य भएको छ । गत वैशाख २८ गतेदेखि सुरु भएको प्रतिनिधिसभाको बर्खे अधिवेशन १४५ दिन सञ्चालन भयो ।

यस अवधिमा संसदमा विधेयक, नीति तथा कार्यक्रम र सरकारका कामकारबाहीबारे छलफलसँगै केही रोचक तथा विवादास्पद घटनासमेत भए । प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमासम्बन्धी अभिव्यक्तिको विषयले प्रतिनिधिसभामा निकै चर्चा पायो । प्रतिपक्षी दलले अधिवेशनका पछिल्ला बैठकसम्म पनि उक्त विषय उठाउँदै आएका थिए ।

अधिवेशनकै क्रममा प्रधानमन्त्री शाह र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङबीच संसद् परिसरमा भएको अंकमाल पनि चर्चामा रह्यो ।

सांसदले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्न पाउनुपर्ने विषय पनि संसदमा उठ्यो । प्रतिनिधिसभा नियमावली, २०८३ को संशोधनमाथि निर्णय अघि बढाउने क्रममा जेठ १७ गते सत्तापक्ष र प्रतिपक्षी सांसदबीच टेबलमै चढेर घम्साघम्सी भएको थियो । त्यस क्रममा केही प्रतिपक्षी सांसद सभामुखको आसनतर्फ समेत अघि बढेका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री शाह उठेर हिँडेको घटनाले पनि चर्चा पायो ।

यसरी नयाँ सांसदको शपथदेखि संसदभित्रको राजनीतिक विवाद, नाराबाजी, घम्साघम्सी र सत्ता–प्रतिपक्षबीचको टकरावसँगै प्रधानमन्त्री शाह र हर्क साम्पाङबीचको आत्मीयतासम्मका विभिन्न घटनाले प्रतिनिधिसभाको पहिलो ६ महिना चर्चामा रह्यो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  ६ : ०९ बजे

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित