तस्बिरमा प्रतिनिधिसभाका ६ महिना : शपथ र घम्साघम्सीदेखि बालेन–हर्कको अंकमालसम्म « Khabarhub

तस्बिरमा प्रतिनिधिसभाका ६ महिना : शपथ र घम्साघम्सीदेखि बालेन–हर्कको अंकमालसम्म


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभाका सांसदले शपथ लिएको ६ महिना पूरा भएको छ । गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदले चैत १२ गते शपथ लिएसँगै प्रतिनिधिसभाको नयाँ कार्यकाल सुरु भएको थियो ।

प्रतिनिधिसभाको पहिलो बर्खे अधिवेशन र राष्ट्रिय सभाको चालु अधिवेशन शुक्रबार मध्यरात १२ बजेदेखि अन्त्य भएको छ । गत वैशाख २८ गतेदेखि सुरु भएको प्रतिनिधिसभाको बर्खे अधिवेशन १४५ दिन सञ्चालन भयो ।

यस अवधिमा संसदमा विधेयक, नीति तथा कार्यक्रम र सरकारका कामकारबाहीबारे छलफलसँगै केही रोचक तथा विवादास्पद घटनासमेत भए । प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमासम्बन्धी अभिव्यक्तिको विषयले प्रतिनिधिसभामा निकै चर्चा पायो । प्रतिपक्षी दलले अधिवेशनका पछिल्ला बैठकसम्म पनि उक्त विषय उठाउँदै आएका थिए ।

अधिवेशनकै क्रममा प्रधानमन्त्री शाह र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङबीच संसद् परिसरमा भएको अंकमाल पनि चर्चामा रह्यो ।

सांसदले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्न पाउनुपर्ने विषय पनि संसदमा उठ्यो । प्रतिनिधिसभा नियमावली, २०८३ को संशोधनमाथि निर्णय अघि बढाउने क्रममा जेठ १७ गते सत्तापक्ष र प्रतिपक्षी सांसदबीच टेबलमै चढेर घम्साघम्सी भएको थियो । त्यस क्रममा केही प्रतिपक्षी सांसद सभामुखको आसनतर्फ समेत अघि बढेका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री शाह उठेर हिँडेको घटनाले पनि चर्चा पायो ।

यसरी नयाँ सांसदको शपथदेखि संसदभित्रको राजनीतिक विवाद, नाराबाजी, घम्साघम्सी र सत्ता–प्रतिपक्षबीचको टकरावसँगै प्रधानमन्त्री शाह र हर्क साम्पाङबीचको आत्मीयतासम्मका विभिन्न घटनाले प्रतिनिधिसभाको पहिलो ६ महिना चर्चामा रह्यो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  ६ : ०९ बजे

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना