गाडी किनेको पैसा नतिर्ने नियतले साथीको हत्या | Khabarhub Khabarhub

गाडी किनेको पैसा नतिर्ने नियतले साथीको हत्या


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – गाडी किनेको पैसा दिने बहानामा फकाइफुलाइ अर्घाखाँची पुर्‍याएर जिल्लाका एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन् ।

बुटवलको मैनाबगरमा गाडी किनबेचको काम गर्दै आएका दीपक भनिने कुलचन्द्र गौतमले गाडी चालक आफ्नै साथी विष्णुबहादुर पाण्डेको योजनाबद्ध हत्या गरेका हुन् । अर्घाखाँचीको मालारानी गाउँपालिका–२ घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलवास बस्ने ४४ वर्षीय पाण्डेको शनिबार शव भेटिएपछि हत्या भएको पुष्टि भएको हो ।

पाँच दिनदेखि सम्पर्कविहीन पाण्डेको अर्घाखाँची पाणिनी–२ मा पर्ने डाँडाकटेरीस्थित सिद्ध सामुदायिक वनमा शव भेटिएको हो । हत्याको अभियोगमा पाणिनि–२ घर भई हाल सैनामैना नगरपालिका–६ कलौनी बस्ने ४३ वर्षीय दीपक भनिने गौतमलाई प्रहरीले पक्राउ गरेको छ । गौतमले हत्या स्वीकार गरेको प्रहरीले जनाएको छ ।

घटनापछि फरार रहेका गौतमलाई नेपाल भारत सिमाना बेलहियाबाट आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । गौतमलाई बिक्री गरेको लु१ख ७७८१ नंको ट्रक पास गर्न भनी हिँडे पनि सोही दिनदेखि पाण्डे सम्पर्कमा नआएपछि छोरी शीलाले प्रहरीमा उजुरी गरेका थिए । यही साउन ११ गते इलाका प्रहरी कार्यालयमा निवेदन दिएपश्चात् खोजतलासको क्रममा पाण्डेको शव भेटिएको हो ।

प्रहरीका अनुसार गौतमले पाण्डेको नाममा रहेको ल१ख ७७८१ नंको ट्रक रु १६ लाख मूल्य कायम गरेपछि दिने सर्तमा नामसारी गरेकामा उक्त पैसा र घर निर्माण गर्दाको ऋण, मोटरपार्टस् सञ्चालन गर्दा लागेको ऋणका कारण ट्रकको पैसा बुझाउन नसकिने देखेपछि हत्या गर्ने योजना बनाएका बताइएको छ ।

गौतमले योजनाबद्धरुपमा यही साउन ९ गते पाण्डेलाई अर्घाखाँचीस्थित घरमा गएर पैसा दिने भन्दै फकाइफुलाइ गरेर लिई गएकोमा भोलिपल्ट घरबाट कालिज मार्न भनी जङ्गलमा लगि पछाडिबाट टाउकोमा फलामको रडले प्रहार गरेर हत्या गरी सोही स्थानमा रहेको भिरबाट तल खसालेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको प्रमुख प्रहरी नायब उपरीक्षक केसीले बताए ।

पाण्डेको हत्यापछि अघिल्लो दिन प्रहरीको सम्पर्कमा पुगेका अभियुक्त गौतम अर्को दिन फरार भएका थिए । ‘पाण्डेकी छोरी शीलालाई फोन गरेर मलाइ तनाव भयो, म अब तिम्रो नाममा आत्महत्या गर्छु भनेर हिँडेका थिए, शव भेटिएको भोलिपल्ट प्रहरीले पक्राउ गर्‍यो’, पाण्डेका आफन्त पुष्कर पाण्डेले भने । पाण्डेलाई योजनाबद्ध तरिकाले अपहरण गरी अर्घाखाँची पुर्‍याएर हत्या गरिएको परिवार तथा आफन्तको आरोप छ ।

गौतमले सुनियोजित रुपमा विष्णु पाण्डेसँग किनेको गाडीको पैसा अर्घाखाँची गएर दिन्छु भनी बुटवलबाट अपहरण गरी अर्घाखाँची पुर्‍याएर हत्या गरेको मृतकका आफन्त उमेश कुँवरको दाबी छ । ‘हामीलाई पाण्डेको साथी गौतममाथि शङ्का लागेर प्रहरीमा उजुरी दिएका थियौँ तर प्रहरीले पहिले उनलाई सामान्य सोधपुछ गरेर मात्रै छाड्यो, आखिर उनैले हत्या गरेको प्रमाणित भयो’, कुँवरले भने ।

आरोपी गौतमले हत्या गर्न प्रयोग गरेको फलामको रड जय मोटरपार्टस्मा लुकाइछिपाइ राखेको अवस्थामा प्रहरीले फेला पारेको छ । पाण्डेको शव सडकदेखि करिब आठ सय मिटर दूरीमा सिद्ध सामुदायिक वनको नेवारे खोला नजिक शरीरमा भित्री टिसर्ट र भित्री बस्त्र मात्रै लगाएको अवस्थामा भेटिएको थियो ।

टाउकोमा गहिरो चोटपटक, अनुहार तथा शरीरमा नीलडामसमेत रहेको अवस्थामा प्रहरी र स्थानीयवासीले पाण्डेको शव फेला पारेका थिए । शव भेटिएपछि पाण्डेका दाजु तेजबहादुर पाण्डेले अपहरण गरी शरीर बन्धक बनाएर हत्या गरेको जनाउँदै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए।

आइतबार इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गरी उनले घटनामा निष्पक्ष अनुसन्धान गरी न्याय दिन अनुरोध गरे । अभियुक्तले मृतकको नामबाट आफ्नो नाममा गाडी पास गरी रकमसमेत नदिएकाले उक्त गाडीसमेत बरामद गरी परिवारलाई दिनुपर्ने तेजबहादुरको भनाइ छ । साथै मृतकका छोराछोरीको पालनपोषण, शिक्षादीक्षा, स्वास्थ्योपचारको व्यवस्था गराई क्षतिपूर्तिसमेत दिलाउन परिवारको माग छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ७ : ३१ बजे

वन्यजन्तु संरक्षण ऐनमा थप गरिएको व्यवस्था हटाउन माग

काठमाडौं– अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन), विश्व वातावरण कानुन आयोगले

सञ्जीवनी फुटसल प्रतियोगिता : फस्ट स्टेप काठमाडौं च्याम्पियन 

सुनसरी– तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय सञ्जीवनी फुटसल प्रतियोगिताको ओपन रिकभरिङ्गतर्फको उपाधि

पटाका बरामद

काभ्रे– बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट प्रहरीले २६

श्रीलंका राष्ट्रपति निर्वाचन : दिसानायक अगाडि, विक्रमासिङ्घे तेस्रो स्थानमा

काठमाडौं– श्रीलंकामा शनिबार भएको राष्ट्रपति निर्वाचनको नतिजा  आउने क्रम सुरु

लेबनानमा इजरायलको हवाई आक्रमण सुरु

बेरुत – इजरायलले लेबनानमा हवाई आक्रमण सुरु गरेको छ। सोही