उपत्यकामा पछिल्लो एक दिनमा २३ सय ८९ जना सवारी चालकमाथि कारबाही | Khabarhub Khabarhub

उपत्यकामा पछिल्लो एक दिनमा २३ सय ८९ जना सवारी चालकमाथि कारबाही


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकै दिन २ हजार ३८९ जना सवारी चालकलाई कारबाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा आइतबार कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १४० जना, मदिरा पिएर सवारी साधन चलाउने ११८ जना, तीव्र गतिमा सवारी साधन चलाउने ९४ जना र जथाभाबी यात्रु चढाउने तथा ओराल्ने ९१ जना रहेका छन् ।

यस्तै, सडक लेन उल्लंघन गर्ने ८० जना, ढोका खुल्लै राखेर सवारी चलाउने ८२ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ७१ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३२ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २५ जना चालकहरूलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ९ : ३३ बजे

तेलको मूल्य घट्दा ‘एक्सनमोबिल’ को आम्दानीमा ठूलो झट्का

न्युयोर्क – अमेरिकास्थित ठूला पेट्रोलियम कम्पनीमध्ये एक ‘एक्सनमोबिल’ ले चालु

कोदोको माग बढ्दै उत्पादन घट्दै

तनहुँ – यहाँको व्यास नगरपालिका-१४ केशवटारस्थित रुम्सी सामुदायिक घरबास (होमस्टे)का

कोमल वलीको स्वरमा ‘तीज आयो तीज’ सार्वजनिक

काठमाडौं – हाइटेक भिजनले महिला दिदीबहिनीहरूको महान चाड तीजलाई लक्षित

नेपाल र चीनबीचको सम्बन्ध जनस्तरको आत्मियताले समृद्ध बनेको छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्यतागत ऐतिहासिक जग र

आयआर्जनमा जोडिदैं युवा, सस्तो लगानीमा खोले ‘नल पराल’ खाजा घर

धनगढी – देशमा बढ्दो बेरोजगारी र युवाहरूको विदेश पलायन अहिलेको