भूमि आयोग र स्थानीय तहबीच सहकार्य | Khabarhub Khabarhub

भूमि आयोग र स्थानीय तहबीच सहकार्य


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – भूमिहीनलाई भूमि उपलब्ध गराउन र अव्यवस्थित बसोबासी व्यवस्थापन गर्न कार्यक्रम शुभारम्भ गरिएको छ ।

राष्ट्रिय भूमि आयोग र यहाँका स्थानीय तहबीच कार्यसहमतिपत्रमा हस्तक्षर सम्पन्न भएसँगै कार्यक्रम शुभारम्भ भएको हो। हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाबाहेक अन्य १० स्थानीय तहले उक्त पत्रमा हस्तक्षर गरेका छन् ।

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरणको काम गरी भूमि उपलब्ध गराउन राष्ट्रिय भूमि आयोग जिल्ला समितिको आयोजनामा आइतबार चौतारामा कार्यक्रम गरिएको हो ।

आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र स्थानीय तहका प्रमुख, अध्यक्ष/उपप्रमुख, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतको उपस्थित कार्यपत्रमा हस्तक्षर भएको राष्ट्रिय भूमि आयोग जिल्ला समितिका अध्यक्ष झम्कप्रसाद पराजुलीले जानकारी दिए। सिन्धुपाल्चोकका भूमिहीन दलित, सुकुम्बासीलाई नियमानुसार जग्गा वितरण र अव्यवस्थित बसोबासीलाई व्यवस्थित बसोबासको व्यवस्थापन गराउन बाटो खुलेको उनले जानकारी दिए ।

कृषि र आवास निमार्णका लागि उक्त समुदायलाई जग्गा वितरण गर्ने कामको प्रक्रिया अघि बढेको पनि उनले बताए । जिल्लाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी कति छन् भन्ने आयोगले तथ्याङ्क संकलन गर्न लागेको जनाइएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  १० : ५८ बजे

तेलको मूल्य घट्दा ‘एक्सनमोबिल’ को आम्दानीमा ठूलो झट्का

न्युयोर्क – अमेरिकास्थित ठूला पेट्रोलियम कम्पनीमध्ये एक ‘एक्सनमोबिल’ ले चालु

कोदोको माग बढ्दै उत्पादन घट्दै

तनहुँ – यहाँको व्यास नगरपालिका-१४ केशवटारस्थित रुम्सी सामुदायिक घरबास (होमस्टे)का

कोमल वलीको स्वरमा ‘तीज आयो तीज’ सार्वजनिक

काठमाडौं – हाइटेक भिजनले महिला दिदीबहिनीहरूको महान चाड तीजलाई लक्षित

नेपाल र चीनबीचको सम्बन्ध जनस्तरको आत्मियताले समृद्ध बनेको छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्यतागत ऐतिहासिक जग र

आयआर्जनमा जोडिदैं युवा, सस्तो लगानीमा खोले ‘नल पराल’ खाजा घर

धनगढी – देशमा बढ्दो बेरोजगारी र युवाहरूको विदेश पलायन अहिलेको