भूमि आयोग र स्थानीय तहबीच सहकार्य « Khabarhub

भूमि आयोग र स्थानीय तहबीच सहकार्य


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – भूमिहीनलाई भूमि उपलब्ध गराउन र अव्यवस्थित बसोबासी व्यवस्थापन गर्न कार्यक्रम शुभारम्भ गरिएको छ ।

राष्ट्रिय भूमि आयोग र यहाँका स्थानीय तहबीच कार्यसहमतिपत्रमा हस्तक्षर सम्पन्न भएसँगै कार्यक्रम शुभारम्भ भएको हो। हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाबाहेक अन्य १० स्थानीय तहले उक्त पत्रमा हस्तक्षर गरेका छन् ।

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरणको काम गरी भूमि उपलब्ध गराउन राष्ट्रिय भूमि आयोग जिल्ला समितिको आयोजनामा आइतबार चौतारामा कार्यक्रम गरिएको हो ।

आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र स्थानीय तहका प्रमुख, अध्यक्ष/उपप्रमुख, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतको उपस्थित कार्यपत्रमा हस्तक्षर भएको राष्ट्रिय भूमि आयोग जिल्ला समितिका अध्यक्ष झम्कप्रसाद पराजुलीले जानकारी दिए। सिन्धुपाल्चोकका भूमिहीन दलित, सुकुम्बासीलाई नियमानुसार जग्गा वितरण र अव्यवस्थित बसोबासीलाई व्यवस्थित बसोबासको व्यवस्थापन गराउन बाटो खुलेको उनले जानकारी दिए ।

कृषि र आवास निमार्णका लागि उक्त समुदायलाई जग्गा वितरण गर्ने कामको प्रक्रिया अघि बढेको पनि उनले बताए । जिल्लाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी कति छन् भन्ने आयोगले तथ्याङ्क संकलन गर्न लागेको जनाइएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  १० : ५८ बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन