कैलालीका ५ स्थानीय तहमा जग्गाको नापजाँच प्रक्रिया सुरु | Khabarhub Khabarhub

कैलालीका ५ स्थानीय तहमा जग्गाको नापजाँच प्रक्रिया सुरु


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली – जिल्लाका ५ स्थानीय तहले भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन जग्गाको नापजाँच प्रक्रिया अघि बढाएका छन् । धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कैलारी गाउँपालिका, भजनी नगरपालिका र लम्कीचुहा नगरपालिकामा भूमि आयोगले जग्गा नापजाँचको कामलाई अघि बढाएको हो ।

ती स्थानीय तहमा भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र वितरणका लागि भूमि आयोग र स्थानीय तहले कर्मचारी खटाएको भूमि आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले जानकारी दिए । उनले साउन महिनाभित्र केही वडामा लालपुर्जा वितरणको काम सुरु हुने बताए ।

भूमि आयोगले भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई निःशुल्क जग्गाधनी प्रमाणपत्र वितरण गर्ने जनाएको छ । भूमि आयोग र स्थानीय तहले कर्मचारी खटाएर जग्गाको नापजाँच गर्नथालेपछि लामो समयदेखि जग्गाधनी प्रमाणपत्र नपाएकाहरु हर्षित देखिन थालेका छन् ।

धनगढी उपमहानगरपालिका–४ मा आइतबारदेखि जग्गा नापजाँचको काम सुरु गरिएको छ । आइतबार भूमि आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्याय र उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले एकसाथ जग्गा नापजाँचको शुभारम्भ गरेका थिए। धनगढी उपमहानगरपालिका– ४ मा जग्गा नापजाँचको काम सुरु भएसँगै धनगढी उपमहानगरपालिकाका पाँच वडामा एकसाथ काम थालिएको जनाइएको छ ।

भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाको नापजाँचमा विवाद नगर्न जनप्रतिनिधिले आग्रह गरेका छन्। धनगढी उपमहानगरपालिका– ४ का वडाध्यक्ष बुद्धिबहादुर खड्काले भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको वर्षौंको माग पूरा हुने चरणमा भएकोले जग्गाको नापजाँचमा सबैले सहयोग गर्न आवश्यक रहेको बताए ।

धनगढी उपमहानगरपालिकाले पाँच कठ्ठाभन्दा कम भएका जग्गा धनीबाट रु एक हजारदेखि एक हजार ५०० रकम शुल्क ताकेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  १२ : १५ बजे

तेलको मूल्य घट्दा ‘एक्सनमोबिल’ को आम्दानीमा ठूलो झट्का

न्युयोर्क – अमेरिकास्थित ठूला पेट्रोलियम कम्पनीमध्ये एक ‘एक्सनमोबिल’ ले चालु

कोदोको माग बढ्दै उत्पादन घट्दै

तनहुँ – यहाँको व्यास नगरपालिका-१४ केशवटारस्थित रुम्सी सामुदायिक घरबास (होमस्टे)का

कोमल वलीको स्वरमा ‘तीज आयो तीज’ सार्वजनिक

काठमाडौं – हाइटेक भिजनले महिला दिदीबहिनीहरूको महान चाड तीजलाई लक्षित

नेपाल र चीनबीचको सम्बन्ध जनस्तरको आत्मियताले समृद्ध बनेको छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्यतागत ऐतिहासिक जग र

आयआर्जनमा जोडिदैं युवा, सस्तो लगानीमा खोले ‘नल पराल’ खाजा घर

धनगढी – देशमा बढ्दो बेरोजगारी र युवाहरूको विदेश पलायन अहिलेको