मध्यपहाडी लोकमार्ग अवरुद्ध « Khabarhub

मध्यपहाडी लोकमार्ग अवरुद्ध


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– लगातारको वर्षासँगै झरेको पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण आज बिहान हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको तुवाचुङमा पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–जयराम सडक अवरुद्ध भएको हो ।

सडकमाथिबाट पहिरो खसेपछि दिक्तेलबाट काठमाडौँ, उदयपुर, इटहरी, धरान, विराटनगर, काँकडभिट्टा लगायतका ठाउँमा जाने सवारीसाधन बाटैमा रोकिएका छन् । सवारीसाधन रोकिँदा यात्रु बीचबाटोमै अलपत्र परेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए । 

अवरुद्ध सडक पहिरो पन्छ्याएर सञ्चालनमा नगरपालिकाले स्काभेटर पठाएको महादेवीस्थानका वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिए। वर्षा याममा जिल्लाका अन्य कच्ची सडक ठप्प हुँदा मध्यपहाडी लोकमार्ग मात्र नियमित सञ्चालन हुने गरेको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकको साप्सुखोला र छेपेखोलामा पहिरो खसेर सडक अवरुद्ध भएको यातायात व्यवसायीले बताएका छन् । 

लगातारको वर्षासँग झरेको पहिराले हुर्लुङ–जालपा, साप्सु–पानधारे लगायतका कच्ची सडक यसअघि नै बन्द भएका छन् । वर्षा सुरु भएसँगै आएको भलबाढी तथा पहिराका कारण जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट अन्तरपालिका जोड्ने सबै ग्रामीण सडक अवरुद्ध भएका छन् । 

कच्ची अवस्थामा सञ्चालन हुँदै आएको जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध भएपछि  दिक्तेल बजार तथा तराईका जिल्ला एवं राजधानी काठमाडौँ आवतजावत गर्ने यात्रु घण्टौँ पैदल यात्रा गरेर गन्तव्यमा पुग्न बाध्य भएका छन् । हिउँदको समयमा जिल्लाका दशवटै स्थानीय तहमा यातायात सञ्चालन भए पनि मध्यपहाडी लोकमार्ग मात्रै सञ्चालन हुँदै आएको छ । 

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  १२ : ३१ बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन