सिस्नेखोला सुरुङमार्गमा पहिरो खस्दा सवारी आवागमन अवरुद्ध  « Khabarhub

सिस्नेखोला सुरुङमार्गमा पहिरो खस्दा सवारी आवागमन अवरुद्ध 


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धादिङको धुनीबेँसी नगरपालिका-९ सिस्नेखोला सुरुङमार्गको निर्माणाधीन सडकमा पहिरो खसेको छ । पहिरोका कारण सोमबार बिहानैबाट सुरुङमार्ग हुँदै नागढुङ्गा नाकाबाट उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको आवागमन प्रभावित भएको छ ।

सुरुङमार्गमा खसेको पहिरो डोजरको सहयोगमा एकतर्फी पन्छाउने कार्य भइरहेकाले उपत्यका भित्रिने सवारी साधनको क्यु धादिङको टायलघरसम्म र बाहिरिने सवारीसाधनको लाइन नागढुंङा चेकपोष्टसम्म रहेको छ । पानी परिरहेको र पहिरो खस्ने क्रम पनि जारी रहेकाले दुईतर्फी सडक खुलाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । म्याग्दीको रुप्से, जलेश्वर र नौनीबगर लगायतका स्थानमा पनि पहिरो खसेको छ । जसका कारण बेनी–जोमसोम सडकखण्डमा सवारी आवागमन आंसिक रुपमा अवरुद्ध भएको छ ।

अवरुद्ध सडक खुलाउन पहल भइरहेको छ । अविरल वर्षाको कारण अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ डाक्लाङमा सोमबार बिहान सवा ५ बजे अन्दाजी २० मिटर सडक भाँसिएको छ । सडक भाँसिएका कारण तातोपानी हुँदै चीनतर्फ जाने आउने मालबाहक सवारी साधनको आवागमन रोकिएको छ ।

सडक मर्मतको लागि सडक विभागसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । मेची राजमार्गअन्तर्गत ताप्लेजुङको पाथीभरा याङ्बराक गाउँपालिका-१ खहरेमा बिहान पहिरो खस्दा सवारी अवागमन अवरुद्ध भएको छ । 

मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको हलेशी तुवाचुङडाँडामा पनि अविरल वर्षाको कारण बिहान पहिरो खसेर अन्दाजी १५ मिटर सडक अवरुद्ध भएको छ ।

 

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  १ : ४१ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित