आफूहरूको माग सम्बोधन नभएको भन्दै कर्मचारीद्वारा प्रदर्शन « Khabarhub

आफूहरूको माग सम्बोधन नभएको भन्दै कर्मचारीद्वारा प्रदर्शन


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रस्तावित संघीय निजामती सेवा ऐनमा आफूहरूको माग सम्बोधन नभएको भन्दै कर्मचारीहरूले मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि प्रदर्शन गरेका छन् । 

प्रस्तावित ऐनमा नायब सुब्बाहरूको माग सम्बोधन नभएको भन्दै उनीहरूले सोमबार सामान्य प्रशासन मन्त्रालय अगाडि प्रदर्शन गरेका हुन् । कर्मचारीहरूले शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० प्रतिशत तथा बढुवा ३० प्रतिशत, आन्तरिक/अन्तर तहतर्फ प्रतिस्पर्धामा २० प्रतिशत कायम गर्नुपर्ने माग गरेका छन् । उनीहरूले नासु मारा ऐन चाहिदैन, नासुलाई बढुवामा हेप्न पाइदैन, कुनै एक पदमा कार्यरत कर्मचारी अधिकतम १० वर्षमा माथिल्लो पदमा बढुवा हुने व्यवस्था गर लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

कर्मचारीको पेशागत हित र वृत्ति विकासका विषयलाई ध्यान नदिएकोले आन्दोलनको सुरुवात गर्नुपरेको कर्मचारीहरूले जनाएका छन् । 

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  १ : ५५ बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन