बैतडीका सबै पालिकामा होल्डिङ सेन्टर र क्वारेन्टिन निर्माण गरिने « Khabarhub

बैतडीका सबै पालिकामा होल्डिङ सेन्टर र क्वारेन्टिन निर्माण गरिने


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– भारतसँग सीमा जोडिएको यस जिल्लाका सबै स्थानीय तहमा क्वारेन्टिन र होल्डिङ सेन्टर निर्माण गरिने भएका छन् । कोरोना भाइरस सङ्क्रमण फेरि फैलन सक्ने भन्दै त्यसबाट बच्नका लागि पूर्वतयारीस्वरुप सबै पालिकामा होल्डिङ सेन्टर र क्वारेन्टिन निर्माण गरिने भएको हो । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोरोनाको चौथो लहरको जोखिम बढेकाले त्यसबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।

प्रत्येक स्थानीय तहमा होल्डिङ सेन्टर निर्माणको काम अघि बढाउने र दशरथचन्द नगरपालिका क्षेत्रभित्र जिल्लास्तरीय होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय पनि भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । जिल्लास्तरीय होल्डिङ सेन्टर निर्माणका लागि ठाउँ पहिचान गरी निर्माणको जिम्मा दशरथचन्द नगरपालिकाले लिने निर्णय भएको छ । 

कोरोनाविरुद्धको खोप लगाउन छुटेका नागरिकलाई खोपको दायरमा ल्याउने, स्थानीय तहमा क्वारेन्टिनआइसोलेशन तयारी अवस्थामा राख्ने निर्णयसमेत भएको छ । यस्तै भारतबाट झुलाघाट नाका भई स्वदेश फर्कने नागरिकको कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएमा ती नागरिकलाई सम्बन्धित स्थानीय तहमा पुर्‍याउन सामूहिक कोष स्थापना गर्ने निर्णय भएको छ । सो कोषमा प्रत्येक स्थानीय तहबाट तत्काल ५० हजारका दरले रकम जमा गर्ने र त्यसको सम्पूर्ण व्यवस्थापन स्वास्थ्य कार्यालयले गर्ने निर्णय भएको छ । 

जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्सको लगत यथाशीघ्र जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको सचिवालयमा पेस गर्ने र राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार स्तरोन्नति गरेर सञ्चालन गर्ने निर्णय भएको छ । यस्तै दशरथचन्द नगरपालिका, पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका र शिवनाथ गाउँपालिकाले संकलन गरेको विपद् प्रभावितको तथ्याङ्कलाई स्वीकृत गर्दै पुनःनिर्माण र पुनःस्थापनाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सिफारिस गर्ने निर्णय भएको छ ।

यसैगरी प्रत्येक स्थानीय तहमा स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना गर्ने निर्णय भएको छ । त्यसका लागि जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र र नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गरेर अघि बढ्ने समेत निर्णय भएको छ । 

बैठकले  दशरथचन्द–५ का देवराम लुहारको परिवारलाई तत्काल राहतस्वरुप १५ हजार दिने निर्णय गरेको छ । अविरल वर्षाका कारण देवरामको घर यही साउन ११ गते पूर्णरुपमा क्षतिग्रस्त भएको थियो ।  

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  २ : २४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना