बेंसिसहर-चामे सडक अवरुद्ध « Khabarhub

 बेंसिसहर-चामे सडक अवरुद्ध


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– आइतबार राति वर्षासँगै आएको बाढीपहिरोले सडक बगाएपछि मनाङ जाने एक मात्र बेंसिसहर-चामे सडक अवरुद्ध भएको छ ।

डुम्रे-बेंसीसहर-चामे सडक योजनाका सबइन्जिनियर सुमन अधिकारीका अनुसार मर्स्याङ्दीको रामबजार, घोप्टेभीर र कोतोमा पहिरोले सडक बगाएपछि सोमबार बिहानैदेखि सडक अवरुद्ध भएको हो । 

पहिरोले सडक बगाएपछि चामेको कोतोमा मानिससमेत वारपार गर्न समस्या भएको अधिकारीले बताए । उनका अनुसार  कोतोमा २० मिटर जति सडक बगाएको छ। बाढीपहिरोले लमजुङको मर्स्याङ्दी गाउँपालिका-४ रामबजार नजिकै घोप्टेभीरमा र मनाङको कोतोमा क्षति पुगेकाले बेंसीसहर-चामे सडक अवरुद्ध भएको हो ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ३ : १५ बजे

राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइँदै

काठमाडौं – विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक

अंग्रेजी नयाँ वर्ष २०२६ सुरु

काठमाडौं – ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन्

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृतको कार्यालय स्थापना

मोरङ – आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १७ गते बिहीबार तदनुसारसन्